स्वेता बनिन् मिस स्टेट १ को विजेता "गायन तर्फ उदयपुरका अर्जुन"

  • मंसिर २०, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान। पूर्वाञ्चल बागिना कला केन्द्रको आयोजनामा गत शनिबार सम्पन्न तेस्रो मिस स्टेट १ को उपाधि धरान–११ की स्वेता भुजेलले हात पारेकी छिन् भने गायत तर्फको उपाधि उदयपुरका अर्जुन राईले पाएका छन् ।

धरान सभागृहमा आयोजना भएको मिस स्टेट १ तेस्रो सिजनको उपाधि हात पार्दै स्वेताले डियो स्कुटर सहित बिबिएस र नेपाल एयरहोस्टेज काठमाडौंमा एयरहोस्टेज पठनपाठनका लागि पूर्ण छात्रवृत्ति, क्राउन, ट्रफी, प्रमाणपत्र हात पारिन् । उनले मिस पर्सनालिटीको सवटाइटल पनि हात पारिन् । उनलाई यसअघिकी बिजेता रजनी तुम्सा लिम्बूले ताज पहि¥याइन् ।
उनि धरान मेघा कलेजमा बि.बि.एस अध्ययन गर्दैछिन् । यस्तै, फस्ट रनरअप मोरङकी सुन्दरहरैंचा–६, गछियाकी सविना राई भईन भने सेकेण्ड रनर अप डाँडाबजारकी लेस्ली लिम्बु भईन् । फस्ट रनर अप राईले ५० हजार रुपैयाँ, क्राउन, ट्रफी, प्रमाणपत्र, नेपाल एयरहोस्टेज काठमाडौंमा ५० प्रतिशत छुटमा एयरहोस्टेज पढ्नका लागि अवसर पाइन् सेकेण्ड रनर अप लिम्बुले २५ हजार रुपैयाँ, क्राउन, ट्रफी, प्रमाणपत्र, नेपाल एयरहोस्टेज काठमाडौंमा २५ प्रतिशत छुटमा एयरहोस्टेज पढ्नका लागि अवसर पाइन् । उनले मिस फ्रेण्डली, मिस, मिस डिसिप्लिनको सवटाइटल पनि जितिन् ।
यस्तै, सवटाइटलतर्फ मिस ट्यालेन्ट सविना राई, मिस चार्मिङ मिश्रा राई, मिस एक्टिभ अम्विका राई, मोष्ट ट्यालेन्ट दुर्गा श्रेष्ठ, मिस वेष्ट स्माइल जमुना लिम्बू, मोष्ट ब्युटीफुल झरना लिम्बू, वेष्ट क्वाटवाक रचना लिम्बू घोषित भए ।

यता गायनतर्फको विजेता बन्दै राईले उपाधि जितेसँगै उनले नगद ५० हजारसहित २ ओटा गीत रेकर्ड, एउटा म्युजिक भिडियो, १ वर्ष निःशुल्क म्युजिक कोर्ष साथमा गिटार प्राप्त गरेका छन् । यसैगरी, गायनतर्फ धरानकी निषा खपाङ्गी फस्ट रनर अप र मोरङकी अनुष्का ढकाल सेकेण्ड रनर अप बनेकी छिन् । फस्ट रनर अप खपाङ्गीले नगद २५ हजारसहित एउटा गीत रेकर्ड, ६ महिना निःशुल्क सङ्गीत कोर्ष र गिटार हात पारे भने सेकेण्ड रनर अप ढकालले नगद १५ हजार रुपैयाँसहित एउटा गीत रेकर्ड, ६ महिना निःशुल्क सङ्गीत कोर्ष र एउटा गिटार प्राप्त गरेका छन् ।
त्यस्तै, वेस्ट भोकलमा सुनसरी धरानका रिजन लोहनी, वेष्ट डिसिप्लिनमा बविता गुरुङ, वेष्ट पब्लिक च्वाइसमा अजुमा राईले सव टाइटलको उपाधि हात पारेका छन् ।

यसपटक मिस प्रदेश १ को निर्णायकमा प्रदेश १ चलचित्र महासंघका अध्यक्ष एवम् ह्वाइट हाउस कलेज धरानका सिइओ अरुणकुमार प्रधान, मिस पूर्वेली सुपर मोडल २०१५ की विजेता सुम्निमा खापुङ, गायक र सञ्चाकर्मी तम्पशेर राई रहेका थिए भने गायनतर्फ निर्णायकमा गायक विशाल राई, मनोज मोते रहेका थिए ।

gayan

विजेताहरूलाई केन्द्रका अध्यक्ष भक्तिराज राई, कार्यक्रमकी प्रमुख अतिथि सुनवस्ती विकास प्रालि काठमाडौंकी डाइरेक्टर एवम् वरिष्ठ समाजसेवी सुमित्रा बस्नेत, बराह ग्रुप अफ कम्पनीका पब्लिक रिलेसन अफिसर सुरेन्द्रसिंह विश्वकर्मा, निर्णायकहरु लगायतले पुरस्कार तथा उपहार प्रदान गरेका थिए ।
पत्रकारिता पुरस्कार देविका चाम्लिङलाई

कार्यक्रममा यस वर्ष पत्रकारिता पुरस्कारतर्फ रेडियो धरानकी समाचार प्रस्तोता देविका चाम्लिङलाई प्रदान गरिएको छ । उनलाई ५ हजार ५१ रुपैयाँ र सम्मानपत्रले सम्मान गरिएको थियो ।

कार्यक्रमको सञ्चालन सञ्चारकर्मी तिर्थ कार्की र मेरिना तुम्साले गरेकी थिइन् ।

प्रतियोगिताको मुख्य प्रायोजक सुनवस्ती विकास कम्पनी प्रालि काठमाडौंकी म्यानेजिङ डाइरेक्टर, सफल महिला उद्यमी तथा सामाजिक अभियन्ता सुमित्रा बस्नेत रहेकी छिन् । यस्तै, सहप्रायोजनमा बराह ग्रुप अफ कम्पनी रहेको छ भने प्रायोजनहरुमा थकाली किचन एण्ड फाष्टफुड, इडन एजुकेशनल एकेडेमी, रमेश ग्रिल उद्योग, झरना बचत तथा ऋण सहकारी संस्था लि., बुढासुब्बा फुटसल, पूर्वाञ्चल डिजिटल रेकर्डिङ स्टुडियो इटहरी, दृश्य दर्शन प्रोडक्सन इटहरी, रोदुङ शिलालेख धरान, अल्फा म्युजिक एकेडेमी, इटहरी, कफी रिसर्च प्रालि धरान, अफिसियल साउन्ड सुन्दर साउण्ड सर्भिस धरान, रेडिकल लाइट नेपाल प्रालि, पाथिभरा फ्लेक्स, एम्स एकेडेमी, इष्टर्न एजुकेशनल एकेडेमी, सगरमाथा एसडी कलेज, हिमालय ग्रिन टी रहेको थियो ।

वैदेशिक रोजगारबाट फर ...

धरान/  वैदेशिक रोजगारबाट फर्किएपछि सुनसरीको ब ...

रामधुनीमा प्रेशर कुक ...

इटहरी/  सुनसरीको रामधुनी नगरपालिका–४ रा ...

नेपाल आज हङकङसँग भिड ...

काठमाडौं/आइसीसी महिला टी–२० विश्वकप एसिया छनोट अन ...

विजयपुर अस्पतालमा अन ...

धरान/ धरान–१० मा रहेको विजयपुर अस्पतालमा सोम ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved