‘होम मेकर आर्किलिग’ फुटबल प्रतियोगिता भोलीबाट

  • मंसिर १९, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । अध्ययनसँगै शारीरिक स्फुुर्ती कायम गर्न आवश्यक रहेको भन्दै पूर्वाञ्चल इन्जिनियरीङ क्याम्पस धरानमा विभिन्न विषयमा अध्यनरत विद्यार्थीहरुले खेलकुद कार्यक्रम आयोजना गर्ने गरेका छन् । प्राविधिक ज्ञान अध्ययन हुने कलेजमा मानसिकसँगै शारीरिक व्यायामको समेत आवश्यकता महसुस गरी समय समयमा त्यहा अध्ययनरत विद्यार्थीहरुले खेलकुदका कार्यक्रमहरुको आयोजना गर्दै आएका छन् । यसै क्रममा कलेजमा अध्ययनरत आर्किटेचर फ्याकल्टीमा अध्ययनरत विद्यार्थीहरुले सोमबारदेखि फ्याकल्टीकै विद्यार्थी र कलेजको (विभागिय प्रमुख)एचओडी, तथा प्राध्यापकहरु समावेश गरेर ‘होम मेकर आर्किलिग फुटबल प्रतियागिता’को आयोजना गर्ने भएका छन् ।

ब्याचलर अफ आर्किटेक्चर २०७५ ब्याचको ब्यानरमा हुने प्रतियोगितामा ५ टिमले सहभागिता जनाउने प्रतियोगिताको फानान्स कोर्डिनेटर संगीत राईले बताए । उनका अनुसार ‘पढाईसँगै रिफे्रसमेन्ट होस भन्ने उद्देश्यले समय समयमा इन्टर फ्याकल्टी वाइज फुटबल प्रतियोगिताको आयोजना गर्ने गछौं, यसले विद्यार्थीलाई मानसिक र शारीरिक सन्तुुलत कायम गर्न मदत पुुग्छ ।’ उनका अनुसार आर्किटेकचर फ्याकल्टीका विद्यार्थीहरुको सक्रियतामा प्रतियोगिता २०७४ सालदेखि निरन्तर हुुदैै आएको छ ।

कलेजको खेल मैदानमा आयोजना हुुने प्रतियोगितामा विजेता तथा उपविजेता टिमलाई आर्कषक पुरस्कारको समेत व्यवस्था गरिएको फाइनन्स काअर्डिनेर राईले जानकारी दिए ।

उनका अनुसार फुुटवल प्रतियोगितामा सहभागि हुुने ५ वटा टिमको नामपनि आर्किटेक्सचर सँग सम्बन्धित राखिएको छ । राईका अनुुसार क्यम्पसका एथ्लेथेटिको डि एथेन्स,दरवार युुनाइटेड,तलेजुु टाइटन्स,बाउहाउस सिटी एफसी र गुुगेनहायम युुनाइटेड सहभागि हुने छन् ।

प्रतियोगितालाई होम मेकर कन्सल्न्टेन एण्ड इन्टेरियर डिजाइन प्राली धरानले मुुख्य प्रायोजन गरेको छ । साथै सह प्रायोजकमा राशी रिसोर्ट धरान दानाबारी,बेसिल इन्जिनियरीङ कन्सल्टेन्सी धरान,इटहरी मेडिकल हल,हाम्रो कम्प्युुटर सेन्टर धरानले सहप्रयोजन गरेको छ । कोशीपत्र कार्यक्रमको मुुख्य मिडिया पाट्नर रहेको छ । प्रतियोगिताका कोअडिनेटर अनिल खड्काका अनुुसार प्रतियोगिता पुुस ९ गते सम्म चल्ने छ ।

म युँ खोलाको पुल भाँ ...

 इलाम/ इलामको फिक्कल–नयाँ बजार सडक खण्ड ...

माइपोखरीमा ४० हजार म ...

 इलाम/ विश्व रामसार सूचीमा सूचीकृत धार्मिक तथ ...

प्रदेशस्तरीय एसईई आइ ...

सुनसरी/ धरानमा सम्पन्न एसईई आइडल सिजन ५ मा प्रदेशभरिबाट ...

वैदेशिक रोजगारबाट फर ...

धरान/  वैदेशिक रोजगारबाट फर्किएपछि सुनसरीको ब ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved