आत्मानन्द गोल्डकपको उपाधि माङसेबुङलाई

  • मंसिर १८, २०७८
  • "भगीरथ भण्डारी"
alt

इलाम/ इलामको माङसेबुङमा संचालित १४ औं संस्करणको आत्मानन्द गोल्डकप फूटबल प्रतियोगिताको उपाधि घरेलु टिम माङसेबुङ गाउँपालिका खेलकुद समितिले चुमेको छ । शुक्रबार भएको फाइनलमा बिबिएफसी दमक झापालाई सडेन डेथमा पराजित गर्दै माङसेबुङले उपाधि चुमेको हो ।

निर्धारित समयमा गोलरहित बराबरीमा खेल सम्पन्न भएपछि टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा समेत ४–४ गोलको बराबरी भएपछि सडेन डेथको आधारमा विजेता निर्धारण भएको थियो । यता माङसेबुङले भने सुरुदेखि नै रक्षात्मक खेलेको थियो । माङसेबुङका गोलरक्षक आयुस लिम्बूले रेडकार्ड पाएर बाहिरिएपछि रक्षात्मक खेल्न समेत हम्मेहम्मे परेको थियो । निर्धारित समयसम्म खेल बराबरीमा रोक्न सक्नु नै माङसेबुङका लागि जितको आधार तय भएको थियो ।

जितसँगै माङसेबुङले नगद ३ लाख १ सय ६८ रुपैयाँ प्राप्त गरेको छ । उपविजेता दमकले नगद २ लाख १ सय ६८ रुपैयाँमा चित्त बुझाएको छ । त्यस्तै उत्कृष्ठ गोलरक्षक विजेता टिमका आयुस लिम्बू, उत्कृष्ठ डिफेण्डर विजेताकै रोनिस राई, उत्कृष्ठ खेलाडी विजेताकै प्रविन राई र सर्वाधिक गोलकर्ता उपविजेता टिमका किस्मत लिम्बू घोषित भए । किरात धर्मगुरु आत्मानन्द लिङदेनको ६८ औं जन्मोत्सवका अवसरमा ११ मंसिरदेखि संचालित प्रतियोगितामा पूर्वका इलाम, पाँचथर, झापा, मोरङ, सुनसरी र भारतको दार्जिलिङ गरी ८ टिमको सहभागिता रहेको थियो ।

म युँ खोलाको पुल भाँ ...

 इलाम/ इलामको फिक्कल–नयाँ बजार सडक खण्ड ...

माइपोखरीमा ४० हजार म ...

 इलाम/ विश्व रामसार सूचीमा सूचीकृत धार्मिक तथ ...

प्रदेशस्तरीय एसईई आइ ...

सुनसरी/ धरानमा सम्पन्न एसईई आइडल सिजन ५ मा प्रदेशभरिबाट ...

वैदेशिक रोजगारबाट फर ...

धरान/  वैदेशिक रोजगारबाट फर्किएपछि सुनसरीको ब ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved