राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा प्रदेश एक तेस्रो स्थान

  • मंसिर १३, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान/ तेस्रो निजगढ राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा प्रदेश एकले तेस्रो स्थान प्राप्त गरेको छ ।
प्रतियोगितामा दुई स्वर्ण, तीन रजत र दुई कास्य पदकसहित प्रदेश एकले तेस्रो स्थान प्राप्त गरेको टिम म्यानेजर सूर्य दङ्गालले जानकारी दिए । प्रतियोगितामा महिलातर्पm ३३ केजी तौल समूहमा अनिशा राई तथा पुरुषतर्फ ४५ केजी तौल समूहमा सुसन थापाले स्वर्ण पदक प्राप्त गरेका छन् ।

 

261903430_487083472689269_8826591714574142176_n 262202748_583855529343165_7708037545616292948_n 262311233_345029344050232_2381607667618074991_n

 

यस्तै, महिलातर्फ ४६ केजी तौल समूहमा आस्मा राई र पुरुषतर्फ ५० केजी तौल समूहमा रोहित राई तथा ५४ केजी तौल समूहमा जगधन राईले रजत पदक प्राप्त गरेका छन् । यसै गरी, पुरुषतर्पm २७ केजी तौल समूहमा सृजन पौडेल र ३३ केजी समूहमा सुसन वनले कास्य पदक प्राप्त गरेको टिम म्यानेजर दङ्गालले बताए ।

प्रतियोगितामा नेपाल प्रहरी टिम छ स्वर्णसहित पहिलो र सशस्त्र प्रहरी बल (एपीएफ) टिम दुई स्वर्ण र चार रजतसहित दोस्रो स्थान प्राप्त गर्न सफल भएका छन् । विजेता खेलाडीहरूलाई मेडल तथा प्रमाणपत्र प्रदान गरिएको छ । प्रतियोगितामा विजेता टिमले पुरस्कार ८१ हजार रुपैयाँसहित ट्रफी हात पारेको छ । यस्तै दोस्रो र तेस्रो टिमले क्रमशः नगद पुरस्कार ४१ हजार र २१ हजार रुपैयाँसहित ट्रफी पाएका छन् ।

निजगढ तेक्वान्दो डोजाङले हरेक वर्ष आयोजना गर्ने प्रतियोगितामा सहभागी हुन प्रदेश एकबाट १३ खेलाडी तथा दुई अफिसियलसहित १५ जनाको टोली गएको थियो । टिम कोचका रूपमा सन्तोष घिमिरे गएका थिए । दुई दिनसम्म चलेको प्रतियोगिता शनिबार सम्पन्न भएको हो ।

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved