अध्यक्षकप तेक्वाण्डो प्रतियोगिताको उपाधि आइटिएफ कानेपोखरीलाइ

  • कार्तिक २९, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

मोरङ/ प्रथम अध्यक्षकप १ नं. प्रदेश स्तरीय तेक्वाण्डो प्रतियोगिताको उपाधि आयोजक आइटिएफ तेक्वाण्डो डोजाङ कानेपोखरीले हात पारेको छ ।
मोरङको कानेपोखरी गाउँपालिका ६ रमाइलोमा सम्पन्न प्रतियोगितामा ८ स्वर्ण, ८ रजत र ९ कास्य पदक जित्दै उपाधि हात पार्न सफल भएको हो । प्रतियोगिताको द्वितीय सुनसरी भएको छ । सुनसरीले ८ स्वर्ण, २ रजत र ३ कास्य पदक हात पा¥यो । झापाले ७ स्वर्ण, ९ रजत र ६ कास्य पदक हात पार्दै तृतिय बनेको छ ।

महिलातर्फ उत्कृष्ट खेलाडी मोरङकी इन्दिरा थापा घोषित भइन् भने पुरुषतर्फ सुनसरीका निकेश कटुवाल भए । प्रतियोगिताको अनुशासीत टिम पाँचथर घोषित भयो ।
इस्पारिङ जुनियर महिलातर्फ २०–२५ केजी तौल समूहका प्रथम सुनसरीका सदिक्षा राई, द्वितीय कानेपोखरीकी सुनिता तामाङ, तृतीय सुवानी राज भण्डारी र जेनिसा धिमाल भइन् । यस्तै पुरुषतर्फको सिनियर ५०–५५ तौल समूहको प्रथम सुनसरीका अनोज राई, द्वितीय झापाका मनिष श्रेष्ठ, तृतीय आयोजकका हरी श्रेष्ठ र मोरङका अर्जुन गिरी घोषित भए ।

यसैगरि पहेलो प्याटनतर्फको प्रथम आयोजकका बेनिसा धिमाल, द्वितीय मोरङकी प्रिन्सा कार्की भइन् । महिला हरियो बेल्डतर्फ प्रथम आयोजक तर्फकी स्वस्तिका माझी घोषित भइन् । यस्तै पुरुष तर्फको पहेलो पेटी प्याटन तर्फको प्रथम आयोजकका आर्यन राई, मोरङका मन्दिप माझी द्वितीय भए । यस्तै पुरुष तर्फको हरियो पेटी प्याटनतर्फको प्रथम आयोजक रिवाज फुयल, द्वितीय मोरङका बिशाल खत्री घोषित भए । पुरुष निलो पेटी प्याटनतर्फको प्रथम आयोजकका आशिष भूजेल भए । पुरुषको रोतो पेटी प्याटनतर्फको प्रथम आयोजकका निश्चल लिम्बु घोषित भए ।

दुई दिन सम्म संचालन भएको प्रतियोगितामा मोरङ, सुनसरी, उदयपुर, झापा, ताप्लेजुङ, इलाम, पाँचथर, संखुवासभा, तेह्रथमु, धनकुटा, भोजपुर, खोटाङ, र आयोजक कानेपोखरी गरि २ सय ५० खेलाडी सहभागि थिए । जसमा ९६ जना महिला खेलाडी थिए । कार्यक्रममा गाउँपालिका राष्ट्रिय महासंघ प्रदेश १ का अध्यक्ष तथा कानेपोखरी गाउँपालिकाको अध्यक्ष ताराबहादुर काप्mलेले खेलाडी राष्ट्रको गहना भएकोले खेलकुद क्षेत्रको विकासमा स्थानीय सरकार लागि परेको बताए । नयाँ खेलाडी उत्पादन गर्न भएका खेलाडीहरुलाई व्यवसायिक तर्फ उन्मुख गराउन प्रतियोगितालाई निरन्तरता दिने प्रतिवद्धता जनाए ।

कार्यक्रममा आइटिएफ तेक्वाण्डो महासंघको केन्द्रीय अध्यक्ष अन्जन धमलाले राज्यले खेलकुद क्षेत्रमा प्रथामिकतामा राख्नुपर्नेमा जोड दिए । नेपाल राष्ट्रिय मार्सल आट गेम्स महासंघका अध्यक्ष तथा आइटिएफ तेक्वाण्डोका उपाध्यक्ष प्रविण कुमार कार्कीले ग्रामिण क्षेत्रसम्म तेक्वाण्डोका खेलाडीहरू उत्पादन हुन थालेको भन्दै राज्यले खेलकुद क्षेत्रलाई प्राथामिकतामा राखेर बजेट बिनायोजन गरिनुपर्ने बताए । उनले भने, ‘राज्यले अहिले पनि खेलकुद क्षेत्रमा पर्याप्त मात्रामा बजेट छुट्याउन सकेको छैन, राष्ट्रलाई अन्तर्राष्टिय स्तरसम्म परिचित गराउने गहना हुन, त्यसैले खेलाडीलाई व्यवसायिक र आत्मनिर्भर बनाउन राज्यले खेलकुद क्षेत्रलाई प्राथामिकतामा राख्नुपर्दछ ।’

खेलप्रतिको मोह जगाउँदै दुव्र्यसन र कुलतबाट टाढा रही स्वास्थ्य जीवन जिउँने उद्देश्यले खेलकुद प्रतियोगिता आयोजना गरिएको कार्यक्रम संयोजक तथा कानेपोखरी आइटिएफ तेक्वाण्डो डोजाङ्गका अध्यक्ष युवराज भुजेलले जानकारी दिए । प्रतियोगितामा तेक्वाण्डोका खेलाडीहरूले आ–आफ्नो कला पनि प्रर्दशन गरेका थिए । तेक्वाण्डो खेलाडीले झापाको दमक घर भएका बिमल विश्वकर्माको शरिर माथि मोटसाइकल कुदाएर पनि कला प्रस्तुत गरेका थिए र्।

वैदेशिक रोजगारबाट फर ...

धरान/  वैदेशिक रोजगारबाट फर्किएपछि सुनसरीको ब ...

रामधुनीमा प्रेशर कुक ...

इटहरी/  सुनसरीको रामधुनी नगरपालिका–४ रा ...

नेपाल आज हङकङसँग भिड ...

काठमाडौं/आइसीसी महिला टी–२० विश्वकप एसिया छनोट अन ...

विजयपुर अस्पतालमा अन ...

धरान/ धरान–१० मा रहेको विजयपुर अस्पतालमा सोम ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved