धरान । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी शनिवार (आज) नेपाल आउँदैछन् ।
अल्मुताइरी साफ च्याम्पियनसिप पछि आफु अब कहिले नेपाल नफर्कने भन्दै माल्दिभसबाटै सोझै कतार पुगेका थिए ।
उनलाई फकाउन केही समयअघि मात्र अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पा कतार पुगेका थिए । एन्फा अध्यक्ष तथा कतार फुटबल संघ सगको वार्ता पछि उनि आज नेपाल फर्कन लागेका हुन् । यसअघि नै उनको समयावदि थप ३ वर्ष लम्ब्याइएको छ ।
खेलप्रेमी नेपालीहरुका माझ अतिनै लोकप्रिय रहेका अल्मुताइरी बेला बेलामा विवादमा आउने गरेका छन् । अब्दुल्लाहकै प्रशिक्षणमा नेपालले पहिलो पटक साफ च्याम्पियनसिपको फाइनल खेलेको थियो ।