धरान/ लिम्बू गीत–सङ्गीतको क्षेत्रमा सेमिहाङ सिङ्गक नयाँ नाम होइन । सङ्गीतकार तथा गीतकार सिङ्गकले लिम्बू गीत–सङ्गीतको क्षेत्रमा महŒवपूर्ण योगदान दिएका छन् । उनले नेपाली भाषाका गीत–सङ्गीतमा पनि उल्लेखनीय योगदान दिएका छन् ।
उनै सिङ्गकको शब्द, स्वर तथा सङ्गीत रहेको लिम्बू गीत ‘पारेना पारेना’ को म्युजिक भिडियो भर्खरै सार्वजनिक गरिएको छ । सिङ्गककै अफिसियल युट्युब च्यानल सेमिहाङ क्रिएसनमार्पmत् भिडियो सार्वजनिक गरिएको हो । सिङ्कले गीत र भिडियोमा आपूmहरूले पर्याप्त मेहनत गरेको बताए ।
कोरियोग्राफर तथा निर्देशक दिनेश माङ्मूको निर्देशनमा भिडियो निर्माण भएको हो । भिडियोको सम्पादन तथा कलरिङ अनिलकुमार महर्जनले गरेका छन् । भिडियोमा भ्वाइस अफ नेपाल (सिजन टु) का लोकप्रिय गायक विकास लिम्बू र मिस लिम्बू–२०१७ की सेकेन्ड रनरअप सबनम लिम्बूको अभिनय देख्न पाइन्छ । भिडियो मुकेश हुमागाईंले छायाङ्कन गरेका हुन् । गीतमा सङ्गीत संयोजन टेकेन्द्र यक्सोले गरेका छन् ।
प्रवासमा रहेर पनि लिम्बू गीत–सङ्गीतको क्षेत्रमा उनी छुट्टै पहिचान स्थापित गर्न सफल भएका छन् । सिङ्गकका पनुनुमा तरेमा, साम्याङ् फुङ, शीरपूmलजस्ता गीतहरू लोकप्रिय छन् ।