महिला राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षण सकियो

  • असोज १४, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

सुनसरी । आइसिसी महिला ट्वान्टी–२० विश्वकप २०२२ का लागि एसिया क्षेत्रको छनोट खेल्ने प्रारम्भिक नेपाली महिला क्रिकेट टोलीले आफ्नो अन्तिम चरणको प्रशिक्षण सम्पन्न गरेको छ ।
सुनसरी जिल्ला क्रिकेट संघको ब्यवस्थापनमा इटहरीमा अशोज ७ गतेबाट सुरु भएको प्रशिक्षण बुधबार सम्पन्न भएको हो । महिला राष्ट्रिय टिमका मुख्य प्रशिक्षक जगत टमटाले एक सातासम्म इटहरी स्थित क्षेत्रिय रंगशालाको इन्डोर हल र डिभिएम स्कुल परिषरमा रहेको मैदानमा प्रशिक्षण गराएका थिए ।

छनोट खेलका लागि पहिलो पटक नेपाल क्रिकेट संघ क्यानले नेपाली महिला खेलाडीहरुलाई सानो सानो समुहमा प्रशिक्षण सुरु गरेको हो । पहिलो पटक क्यानले पहिलो चरणमा देशका प्रमुख तीन स्थानमा खेलाडीलाई प्रशिक्षणमा राख्ने योजना अनुसार भदौ अन्तिम साता काठमाण्डौ र कञ्चनपुरको महेन्द्रनगरमा प्रशिक्षण सम्पन्न गरेको थियो ।

इटहरीको प्रशिक्षण आज सकिएकाले तिनै ठाउको प्रशिक्षणलाइ आधार मानेर मलेसियामा हुने खेलका लागि अन्तिम १४ सदस्यीय खेलाडी छनौट गरिने प्रशिक्षक टमटाले जानकारी दिए । यसअघि क्यानले एक महिनाअघि नै एसिया क्षेत्रको छनोट खेल्ने प्रारम्भिक नेपाली महिला क्रिकेट टोलीको नाम सार्वजनिक गरिसकेको थियो ।

गतवर्ष सम्पन्न प्रधानमन्त्रीकप र मेयर्सकप क्रिकेट प्रतियोगितामा महिला खेलाडीले गरेको प्रदर्शनका आधारमा क्यानको छनोट समितिले २४ सदस्यीय प्रारम्भिक टोली सार्वजनिक गरेर प्रारम्भिक प्रशिक्षण सुरु गरेको थियो । मलेसियामा हुने भनिएको महिला टी २० विश्वकपको एशिया छनोट २३ नोभेम्बरबाट २८ नोभेम्बरसम्म हुने बताइएको छ । जसमा नेपाल सहित भुटान, चीन, कुवेत, मलेसिया, म्यानमार, यूएई र हङकङ खेल्नेछन । एसिया छनोटको विजेता पाँच क्षेत्रबीच हुने ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्नेछन् । ग्लोबल छनोटबाट शीर्ष दुई टोलीले ट्वान्टी–२० विश्वकपमा स्थान बनाउनेछन् ।

खेलाडीलाइ ब्याड बितरण
मनमोहन मेमोरियल क्रिकेट सेन्टर प्रदेश एकले टोलीका खेलाडीलाइ जनही एक–एक थान क्रिकेट ब्याड हस्तान्तरण गरेको छ । सेन्टरले राष्टिय महिलाक्रिकेट टिमकी क्याप्टेन रुबिना क्षेत्री सहित प्रदेश १ र २ का एघार जना खेलाडीलाई ब्याड बितरण गरेको हो ।

महेन्द्र मेमोरियल एकेडेमी दुहबीका निर्देशक निश्चलराज शाक्यको प्रायोजनमा १५ हजार मुल्य बराबरको ब्याड बितरण गरिएको सेन्टरका अध्यक्ष बिप्लब घोषले बताए । क्रिकेटका खेल सामाग्री महंगो भैरहेको अवस्थामा निशुल्क रुपमा पाएको स्तरिय ब्याडले खेलाडीहरुको प्रदर्शनमा सहयोग पुग्ने मुख्य प्रशिक्षक टमटाले बताए । मनमोहन मेमोरियल क्रिकेट सेन्टरले प्रत्येक बर्ष मनमोहन मेमोरियल एक दिवशीय राष्टिय क्रिकेट प्रतियोगिता गराउदै आएको छ ।

म युँ खोलाको पुल भाँ ...

 इलाम/ इलामको फिक्कल–नयाँ बजार सडक खण्ड ...

माइपोखरीमा ४० हजार म ...

 इलाम/ विश्व रामसार सूचीमा सूचीकृत धार्मिक तथ ...

प्रदेशस्तरीय एसईई आइ ...

सुनसरी/ धरानमा सम्पन्न एसईई आइडल सिजन ५ मा प्रदेशभरिबाट ...

वैदेशिक रोजगारबाट फर ...

धरान/  वैदेशिक रोजगारबाट फर्किएपछि सुनसरीको ब ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved