पोखराको बन्जीले धरान जोड्दै

  • असोज १०, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । साहसिक पर्यटन खेलको माध्यमबाट धरानलाई पोखरा सँग जोड्न दुवै नगरका पर्यटन व्यवसायीहरुले सहकार्य गर्ने भएका छन् ।

पोखरामा शुरु भएको बन्जी खेलको प्रवद्र्धनका लागि धरान आएको बन्जी नेपालले साहसिक खेलको माध्यमबाट धरान र पोखरालाई जोड्न सकिने पुर्वाधारहरु निर्माणमा सहयोग गर्ने जनाएको छ । बन्जी नेपाल एडमेन्टर प्रालिका अध्यक्ष सन्तोष भट्टराईले धरानमा शुरु भएको प्याराग्लाइडिङ, जिप फ्लाईङ, स्काई स्काइल लगायतका साहसिक खेलहरुलाई पोखरामा प्रवद्र्धन गर्ने र पोखराको बन्जीको लागि धरानमा प्रवद्र्धन गर्दै दुवै नगरलाई पर्यटकीय नगरीको रुपमा जोड्ने बताए ।

उनका अनुसार पोखरामा बन्जी खेल्न आएका खेलाडीलाई धरान स्थित सेक्ष एडभेन्चर प्रालिले संचालन गरेका साहसिक खेलहरुमा छुटको व्यवस्था मिलाउने छ भने सेक्षको एडभेन्चर खेल खेलेका पर्यटकहरुले पोखराको बन्जीमा छुटको व्यवस्था मिलाउने गरि सहकार्य गर्ने भएका छन् । उनले धरानमा बन्जीको फ्रेन्चाइज पनि दिन सकिने बताए ।

भट्टराईले धरान आसपासका प्रकृति बञ्जी जम्पिङको सम्भावना भएकोले स्थानिय लगानीमा कम्पनीले सहकार्य गर्न चाहेको पनि बताए ।
उनले भने ‘धरान र पोखराको प्रकृति समान पर्यटकिय सम्भावना भएकाले शाहसिक खेलमा लगानी भए थप आकर्षणको केन्द्र बन्छ ।’ भट्टराईका अनुसार एडभेञ्चर्सले सुरक्षा व्यवस्थापनको मात्र जिम्मा लिनेगरी स्थानिय लगानीमा पर्यटन व्यवसाय सञ्चालन गरिदा त्यस्को लाभ यहीँका लगानी कर्ताहरुले पाउने बताए । पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बन्ने कुराले शाहसीक खेलहरुका विस्थापनको विकल्प धरान बन्ने सक्ने उनको भनाई छ ।

पोखराको रातोपैरामा शुरु भएको बन्जी जम्पका लागि क्यान्टिलिभर ब्रिजको डिजाइनमा बनाइएको ३५ मिटर अग्लो टावरको फेदबाट बन्जी जम्पको लागि ५५ मिटर लामो प्लेटफर्म निर्माण गरिएको छ । सेती नदीको खोंचमा बनेको र फराकिलो हिमश्रृङ्खलालाई हेर्दै जम्प गर्ने पाइने भएकाले पर्यटकहरुका लागि आकर्षक हुने भट्टराइले बताए । भट्टराई सहित ८ जना युवा व्यवसायीको समुहले ८ करोड २५ लाख रुपैयाको लागतमा बन्जी स्थापना गरेका हुन् । बन्जी नेपालले साइकल जम्प, बकेट जम्प, टेण्डम जम्प पनि गराउने जनाएको छ ।

आइएसओ स्टाण्डर्डमा निर्माण गरिएको अन्तराष्ट्रिय स्तरको बन्जीको लोकप्रिय नाम गो बन्जी सँगको फ्रेन्चाइज भएकाले गो बन्जीकै प्राविधिक सहयोगमा तयार गरिएको छ । गो बन्जीको विश्वभर ११ वटा फ्रेन्चाइज रहेको छ ।

वैदेशिक रोजगारबाट फर ...

धरान/  वैदेशिक रोजगारबाट फर्किएपछि सुनसरीको ब ...

रामधुनीमा प्रेशर कुक ...

इटहरी/  सुनसरीको रामधुनी नगरपालिका–४ रा ...

नेपाल आज हङकङसँग भिड ...

काठमाडौं/आइसीसी महिला टी–२० विश्वकप एसिया छनोट अन ...

विजयपुर अस्पतालमा अन ...

धरान/ धरान–१० मा रहेको विजयपुर अस्पतालमा सोम ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved