ज्ञान सुब्बाको ‘आखिर के को लागि होला’ छाँयाकंन शुरु

  • भदौ १८, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान / मंगलबार धरानको पुतली लाइन स्थित वेब क्याफे एन्ड चिकेन स्टपमा एक्सन कट चलिरहेको थियो । त्यहाँ हङकङ निवासी धराने गायक ज्ञान सुब्बाको गीतको छाँयाकंन
भैरहेको थियो । वेटर र ग्राहकको रूपमा कलाकारहरु अभिनय गरिरहेका थिए भने निर्देशक भीषण राईले म्युजिक भिडियोको निर्देशन
गर्दै थिए । निर्देशक भीषण राईले भिडियोमा नयाँ कन्सेप्ट पस्किन लागेको बताए । उनले भने “मैले यो भिडियोमा फरक कन्सेप्ट ल्याएको छु, दर्शकलाई नयाँ
लाग्न सक्छ ।”

धरान र चतराको विभिन्न स्थानमा दुई दिन लगाएर उक्त म्युजिक भिडियोको छाँयाकंन गरिएको थियो । ‘आखिर के को लागि होला ?’ बोलको म्युजिक भिडियोमा लोकप्रिय अभिनेता प्रेम सुब्बालाई मुख्य रुपमा प्रस्तुत गरिएको छ । भिडियोमा बादल श्रेष्ठ र नव कलाकारहरु रबिना केसी र इसिता राईको पनि अभिनय रहेको छ । गीतमा शब्द रबिन खावाहाङ राईको रहेको छ भने संगीत डा. शरद सिन्हाको रहेको छ ।

सिल्भर न्टरटेनमेन्ट्को प्रस्तुती रहेको भिडियोमा क्यामेराम्यान भुपेन्द्र तुम्बाहाम्फे, ड्रोन अप्रेटरमा सुमन तामाङ र मेकअप आर्टिस्ट लोकेस थापा रहेका छन् । भिडियो बाबाको मुख हेर्ने दिनमा रिलिज गरिने निर्देशक भीषण
राईले बताए ।

वैदेशिक रोजगारबाट फर ...

धरान/  वैदेशिक रोजगारबाट फर्किएपछि सुनसरीको ब ...

रामधुनीमा प्रेशर कुक ...

इटहरी/  सुनसरीको रामधुनी नगरपालिका–४ रा ...

नेपाल आज हङकङसँग भिड ...

काठमाडौं/आइसीसी महिला टी–२० विश्वकप एसिया छनोट अन ...

विजयपुर अस्पतालमा अन ...

धरान/ धरान–१० मा रहेको विजयपुर अस्पतालमा सोम ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved