मिस पुर्वाञ्चल क्यालेन्डर २०७८ सार्वजनिक

  • साउन ३, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । कोरोना महामारीका कारण रोकिएको मिस पुर्वाञ्चलको आयोजक सिल्भर इन्टरटेनमेन्टले ढिलो गरि यस वर्ष पनि क्यालेन्डर प्रकाशन गरेको छ ।
मिस पुर्वाञ्चल आयोजना गरि विजेता सहित सहभागिहरुको फोटो राखेर प्रकाशित हुने क्यालेन्डर यस वर्ष पुरानै कार्यक्रमका मोडलहरुको तश्विर राखि मिस पुर्वाञ्चल क्यालेन्डर २०७८ सार्वजनिक गरिएको छ ।

मिस पुर्वान्चल २०१९ का बिजेता रिजु भट्टराई, फस्ट रनर अप एन्जल राई र सेकेन्ड रनरअप सिमरन लिम्बु र प्रतियोगीहरु अनुशा लिम्बु, शशी बिशंखेको तस्बिरहरु क्यालेण्डरमा संग्रहित छन् ।

ईमी मेकअप स्टुडियोको मेकअप र मिलान्ज स्टोर, ड्रेसेसरिज नेपाल, पुर्बेली ढाका टोपी ट्रेडर्स र ग्रेसियस बुटिकका बिभिन्न पहिरनमा सुन्दरीहरु सजिएका छन् भने फोटोग्राफर रोजेश शाक्यको फोटोग्राफी रहेको छ ।

यो क्यालेन्डरमा १२ महिनामा १२ वटा मोडलिंङ फोटोहरु संग्रहित छन् । कोभिडको महामारीले बैशाख महिनाबाट भएको निषेधाज्ञाले गर्दा क्यालेन्डर ढिलो प्रकाशित भएको सिल्भर इन्टरटेन्मेन्टले जनाएको छ । गत बर्ष पनि कोभिडको महामारीको कारण लकडाउन भएपछि क्यालेन्डर प्रकाशन भएको थिएन । यो बर्ष भने निरन्तरताको लागि भएपनि क्यालेन्डर निकालिएको आयोजकले जनाएको छ ।

२०७६ पुष ५ मा आयोजित मिस पुर्वान्चलको दसौं संस्करण पछि कोभिडकै कारणले गत बर्ष पनि प्रतियोगिता आयोजना हुन सकेन । यो बर्ष पनि प्रतियोगिता अनिश्चित नै छ ।

वैदेशिक रोजगारबाट फर ...

धरान/  वैदेशिक रोजगारबाट फर्किएपछि सुनसरीको ब ...

रामधुनीमा प्रेशर कुक ...

इटहरी/  सुनसरीको रामधुनी नगरपालिका–४ रा ...

नेपाल आज हङकङसँग भिड ...

काठमाडौं/आइसीसी महिला टी–२० विश्वकप एसिया छनोट अन ...

विजयपुर अस्पतालमा अन ...

धरान/ धरान–१० मा रहेको विजयपुर अस्पतालमा सोम ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved