४८ घण्टामा उच्चस्तरीय वार्ता टोली गठन गरेर समस्या समाधा गर्न माग

  • असार ३१, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt फाइल फोटो

धरान बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सुद्धिकरणको माग राखी विगत एक महिना भन्दा लामो समयदेखि आन्दोलनमा उत्रिएका संयुक्त सघर्ष समितिले नवनियुक्ति प्रधानमन्त्रीलाई ध्यानाकर्षणपत्र पठाएका छन् ।

उनीहरुले चिकित्सक, विद्यार्थी, कर्मचारी लगायतसंग पटक पटक गरेका सहमति कार्यान्वयन गर्न नसकी आफ्ना पदीय जिम्मेवारी निर्वाह गर्न नसकेको भन्दै उनीहरुले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने ध्यानाकर्षण पत्रमा उल्लेख गरेका छन् ।
उनीहरुले चारजना पदाधिकारीको राजीनामासहित अन्य सुद्धिकरणका १२ बुदे मागसहित नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका छन् ।

समितिमा आफूहरुको प्रतिनिधित्वसंगै प्रतिष्ठानका विज्ञ तथा प्रतिष्ठानका पूर्व पदाधिकारीहरु समेत सामेल गर्नुपर्ने माग उनीहरुले राखेका छन् । उनीहरुले विगतमा पनि प्रधानमन्त्री केपी शर्मा ओलीलाई ध्यानकर्षण गराउदा ३० दिन वित्दा समेत त्यसको सुनुवाई नभएको भन्दै ४८ घण्टाभित्र उच्चस्तरीय वार्ता टोली गठन गरेर समस्या समाधान गर्न माग गरेका गरेका छन् ।

विहीबार संयुक्त संघर्ष समितिले निकालेको ध्यानकर्षपत्र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य क्रियाशील युनियन तथा पेशागत संघ, नेपाल मेडिकल एसोसिएसन, नर्सिङ ऐसोसिएसन नेपाल, प्रतिष्ठानका सिनेट सदस्यहरु, प्रतिष्ठानका पदाधिकारी लगायत प्रतिष्ठानका सम्पूर्ण फेकल्टीसहित ११ स्थानमा बोधार्थ समेत पठाएका छन् ।

 

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved