रोहित मास्केको “चिसो चिसो हावा चल्यो” सार्वजनिक

  • असार ७, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । धरानका गायक रोहित मास्केले आफ्नो नयाँ गीत “चिसो चिसो हावा चल्यो” विश्व संगीत दिवसको अवसर पारेर सार्वजनिक गरेका छन् ।

आफ्नै युट्युब च्यानल मार्फत “लिरिकल भिडियो” को रुपमा सार्वजनिक गरिएको गीतमा गायक मास्केकै शब्द –संगीत समेत रहेको छ । जेम्स प्रधानले संगीत संयोजन तथा मिक्सिङ्ग गरेको गीत रेकर्डिङ्ग धरानको भावना स्टुडियोमा गरिएको हो ।

धरानका पुराना गायक रोहित मास्के लामो समयको विदेश बसाईपछि बिगत ५ बर्ष देखि आफ्नो व्यवसायसंगै फुर्सदको क्षणमा संगीतमा समेत समय दिने गर्दछन् । धरानमा हुने बिभिन्न सांगीतिक कार्यक्रममा समेत भाग लिईरहने गयाक मास्केले “चिसो चिसो हावा चल्यो” बोलको गीत पनि धेरै पल्ट गाइसकेका छन् ।

एक बर्ष अघिको कोभिड महामारीमा केहि गीतहरु सार्वजनिक गरेका गायक मास्केले एक बर्ष पछि नया गीत सार्वजनिक गरेका हुन् । यहि गीतको छिट्टै म्युजिक भिडियो समेत बनाउने तयारीमा छन् गायक रोहित मास्के ।

म्युजिक भिडियो लिङ्क ः https//youtube.com/ux6klIe5Yfs

वैदेशिक रोजगारीको सप ...

काठमाडौँ/ वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन द ...

बराहक्षेत्रमा बिपी स ...

बराहक्षेत्र/ नेपाली कांग्रेस वराहक्षेत्र नगर कार्यसमिति ...

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved