खोला दोहन रोक्न प्रशासनसंग माग

  • जेठ ११, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । धरान उपमहानगरपालिका भित्र पर्ने सेउती, सर्दु तथा सेहरा खोलामा ठेक्का पाएको ठेकेदार कम्पनीले मापदण्ड विपरीत प्रँरम्भिक वातावरणीय परीक्षण (आईई) को उल्लंघन गर्दै खोलाको दोहन गरेको भन्दै स्थानीयहरुले प्रशासनको ध्यानाकर्षण गराएका छन् ।

धरान उपममहानगरलिका वडा नं. ५ का वडाअध्यक्ष सन्तोष लिम्बुको अगुवाईमा वडा नंं १८ का वडाध्यक्ष नरबहादुर राई (प्रवीण), नेपाली कांग्रेसका स्थानीय नेता पर्वत राइको टोलीले जिल्ला प्रशासन कार्यालय सुनसरी, इलाका प्रशासन कार्यालय धरान, जिल्ला वन कार्यालय सुनसरी, जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय धरानमा खोलाको दोहन रोक्न माग गर्र्दै ज्ञापनपत्र बुझाएको हो ।

ज्ञापनपत्र बुझाउदै वडा नंं ५ का वडाध्यक्ष लिम्बुले धरान ५ को सेउती तथा अधेरी खोला लगायत विभिन्न क्षेत्रबाट नदीजन्य वस्तु संकलन तथा उत्खनन गर्ने गरेको बताउदै यसले स्थानीयहरु विस्थापित हुने सम्भावना भएको बताए ।

उनले भने, ‘खोला उत्खनन् गर्दा स्थानीय सरकार र ठेकेदार कम्पनीबीच धरान उपमहानगरपालिका मार्फत आईई प्रतिवेदन तयार गर्न होम प्लान्ट कल्सटेन्टका प्रँविधिक टंक खत्रीलाई दिएका थियौैं, तर अहिलेसम्म यस विषयमा वडा कार्यालयलाई जानकारी नै छैन ।’

ज्ञापनपत्र बुझ्दै इलाका प्रशासन कार्यालय धरानका प्रमुख सुवासकुमार लामिछानेले स्थानीय स्तरमा रहेको स्रोत साधन स्थानीय सरकारकै हुने भएकोले स्थानीय सरकारले मिलाउनुपर्ने बताए । उनले भने, ‘यो ज्ञापनपत्र हामी सम्बन्धित पक्षसंग पु¥याउछौ र छलफल गर्छोै, तर यो समाधान गर्ने भनेको स्थानीय सरकार नै हो ।’

अहिले पनि धरानका आसपास रहेका खोलाहरुमा नदी उत्खनन गर्ने कार्य भइरहेको छ । पछिल्लो समय इटहरीको पाथीभरा निर्माण सेवाले ठेक्का सम्झौता पाएको भन्दै धमाधम उत्खनन् गर्न थालेपछि डिभिजन वन कार्यालय सुनसरीले त्यसलाई रोक्ने प्रयास ग¥यो । तर असफल भएपछि उपमहानगरपालिकाको वडा नंं ५ ले धरान उपमहानगरपालिकासहित प्रहरी तथा प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएको हो ।

 

धरान मेघा हिमालयनमा ...

धरान/ धरान १२ मा अवस्थित मेघा हिमालयन कलेजले राष्ट ...

श्रीमतीलाई रडले घोचे ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–५ अन्न ...

ट्याक्टरसँग मोटरसाइक ...

झापा/ झापाको कनकाई नगरपालिका–५ तुलसीवारीस्थि ...

कक्षा १२ को नतिजा सा ...

काठमाडौँ/  राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved