यूवा संघद्वारा सुरक्षाकर्मीलाई मास्क तथा सेनिटाइजर वितरण

  • जेठ २, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान / यूवा संघ नेपाल धरान नगर समितिले कोरोना महामारीमा फ्रन्टलाइनमा खटिएका सुरक्षाकर्मीहरुलाई माक्स तथा सेनिटाइजर वितरण गरेको छ ।

संघले स्थापना दिवशको अवसर पारेर सुरक्षार्मीहरुलाई स्वास्थ्यसामग्री वितरण गरेको हो । सुरक्षाकर्मीहरुलाई १२ सय ५० थान माक्स, १ सय २३ थान फेससिल्ड र २० लिटर सेनिटाइजर वितरण गरिएको संघका नगर अध्यक्ष भवानी दाहालले बताए । उनका अनुसार इलाका प्रहरी कार्यालय धरानलाई ६ सय थान माक्स, ५० थान फेससिल्ड र ५ लिटर सेनिटाइजर प्रदान गरेको छ ।

यस्तै, सशस्त्र प्रहरी बल (एपीएफ)लाई ३ सय २० थान माक्स, ३२ थान फेससिल्ड र ५ लिटर सेनिटाइजर, जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीलाई २ सय ३० माक्स, २३ थान फेससिल्ड र ५ लिटर सेनिटाइजर वितरण गरेको छ । यस्तै, वडा प्रहरी कार्यलय धरान र अस्थायी प्रहरी चौकी धरान १५ लाई समेत माक्स तथा सेनिटाइजर वितरण गरिएको छ । वडा प्रहरी कार्यालय धरानलाई १ सय माक्स, १० थान फेससिल्ड र ५ लिटर सेनिटाइजर वितरण गरिएको छ भने अस्थायी प्रहरी कार्यालय धरान १५ लाई ८ थान फेससिल्ड र ८ थान सेनिटाइजर वितरण गरिएको संघले जनाएको छ ।

धरान मेघा हिमालयनमा ...

धरान/ धरान १२ मा अवस्थित मेघा हिमालयन कलेजले राष्ट ...

श्रीमतीलाई रडले घोचे ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–५ अन्न ...

ट्याक्टरसँग मोटरसाइक ...

झापा/ झापाको कनकाई नगरपालिका–५ तुलसीवारीस्थि ...

कक्षा १२ को नतिजा सा ...

काठमाडौँ/  राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved