धरानको बजारभाउ नियन्त्रण गर्न तिनदिने अल्टीमेटम "युवा सघं र अनेरास्ववियुद्धारा उवा सघं र प्रशासनलाई ज्ञापनपत्र"

  • वैशाख २७, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt


धरान । युवा सघं नेपाल धरान उपमहानगर कमिटी र अनेरास्ववियु धरान उपमहानगर कमिटीले बजारमा कालोबाजरी बढेको भन्दै नियन्त्रण गर्न सुनसरी उद्योग बाणिज्य सघं,धरान उपमहानगरपालिका तथा इलाका प्रसाशन कार्यालयलाई तिन दिने अल्टीमेटम दिएका छन् ।
बजमारमा ब्यापारीहरुबाट कृतिम अभाब सृजना गर्ने,अत्याबस्यक बस्तुमा मुल्यबृद्धी गर्ने लगायतका कार्य भईरहेको भन्दै युवा सघं र अनेरास्ववियुले त्यसलाई नियन्त्रण गर्न अल्टीमेटम दिएको हो । तिन दिन भित्रमा यस्ता बिकृती नियन्त्रण्म भएन भने युवा सघं र अनेरास्ववियु चुप लागेर बस्दैन युवा सघं धरानका अध्यक्ष कुमार भारतीले भने । उद्योग बाणिज्य सघं,जिल्ला प्रशासन तथा धरान उपमहानगरपालिकाले यसलाई नियन्त्रण गर्न हामी विनम्र अनुरोध गर्दछौ भारतीले भने हैन भने युवा सघं आफैले कारबाही थाल्ने छ ।
अहिले बजारमा ३ रुपैयाको सर्जिकल माक्स १० रुपैया,खाने तेल,चिनी,नुन,दाल,चामल जस्ता अत्याश्यक बस्तुमा अध्याधिक मुल्यबृद्धी भएको उनले बताए । ज्ञापनपत्र बुझ्दै सुनसरी उद्योग बाणिज्य सघंका अध्यक्ष गिरीधारी सापाकोटाले बजारमा कृतिम अभाब र मुल्यबृद्धी भनरहेको बताए ।
अर्को मुलुकबाट आउने कच्चापदार्थमा उतैबाट मुल्य बृद्धी भएर आएको छ,त्यस कारण यहाँ मुल्य बढ्नु स्वभाविक भएको बताए । यदी कहिकतै यस्तो भएको पाइएमा हामी ब्यापारी साथीहरुलाई सजग गराउछौ उनले भने ।

jyapan 2 received_307676657615733 akhil

 

म युँ खोलाको पुल भाँ ...

 इलाम/ इलामको फिक्कल–नयाँ बजार सडक खण्ड ...

माइपोखरीमा ४० हजार म ...

 इलाम/ विश्व रामसार सूचीमा सूचीकृत धार्मिक तथ ...

प्रदेशस्तरीय एसईई आइ ...

सुनसरी/ धरानमा सम्पन्न एसईई आइडल सिजन ५ मा प्रदेशभरिबाट ...

वैदेशिक रोजगारबाट फर ...

धरान/  वैदेशिक रोजगारबाट फर्किएपछि सुनसरीको ब ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved