सुनसान बन्दै पर्यटकीय स्थल

  • वैशाख १६, २०७८
  • "तेजबहादुर बन"
alt

इटहरी/  दोश्रो लहरको कोरोना भाइरस संक्रमण तिब्र बढेसंगै सुनसरीका पर्यटकीय स्थलहरू सुनसान देखिन थालेका छन । इटहरी स्थित पर्यटकीय स्थल तालतलैयामा एक साता यता पर्यटकहरूको संख्या ह्वात्तै घटेको पाइएको छ । त्यस्तै इटहरीकै इपिल्याण्ड वाटरपार्कमा पनि पर्यटकहरूको संख्या उल्लेख्य मात्रामा घटेको पाइएको छ ।

छिमेकी मुलुक भारतमा कोरोनाका कारण दैनिक मृत्युदर चार गुणाले बढेको समाचार बाहिरिएसंगै नेपालमा पनि सरकारले सावधानी अपनाउदै बिभिन्न जिल्लाहरूमा लकडाउनको तयारीमा गरिरहेको छ । सुनसरीमा समेत जोखिम बढेको भन्दै सावधानी अपनाउन प्रसाशनले अनुरोध गर्दै आएको छ । इटहरी उपमहानगरले भिडभाड हुने क्षेत्रहरू सञ्चालन नगर्न सुचना जारी गरेलगत्तै पर्यटकीय क्षेत्रहरूमा पर्यटकहरुको पनि कमी आउन थालेको छ । इटहरीस्थित तालतलैयामा दैनिक ३ सय देखि १५ सय सम्म पर्यटकहरू आउने गरेका थिए ।

अहिले एक साता यता घटेर ७०÷८० जनामा झरेको तालतलैया संरक्षण समितिका अध्यक्ष बिरबहादुर लिम्बुले बताए । बिशेष गरि तालतलैया क्षेत्रमा बैशाख महिनामा चराचुरूङ्गी र जंगली जनावरहरूको अवलोकन गर्न आउने र नयाँ वर्षलाइ स्वागत गर्दै रमाइलोका लागि पर्यटकहरू आउने गरेका छन् । पछिल्लो समय बढ्दै गएको कोरोनाका कारण अवलोकनकर्ताहरूको संख्या घटेको अध्यक्ष लिम्बु
बताउँछन ।

यता केही समय स्थापना भएको इप्पिल्याण्ड वाटरपार्कको स्थिती पनि त्यस्तै बनेको छ । दैनिक ७ सय सम्म आन्तरिक पर्यटकहरू आउने पार्कमा अहिले २ सय ५० सम्म पुग्ने गरेको त्यहाका सञ्चालकहरू बताउँछन । गर्मी याम सुरू भएसंगै पानीमा पौडी खेल्नेहरूको घुइचो लाग्ने गरेपनि कोरोना संक्रमणकै डरले अहिले पर्यटकहरूको संख्या घटेको पार्क सञ्चालक ज्ञानविक्रम शाहले बताए । कोरोना संक्रमणकै कारण गत वर्ष नौ महिना लकडाउन हुदा थला परेको पर्यटकिय क्षेत्रहरू अहिले जुर्मुराउदै गरेको अवस्थामा पुनःकोरोनाकै त्रासका कारण थला पर्न थालेको छ ।

अघिल्लो वर्षको नौ महिनाको बन्दाबन्दीका कारण धेरै अफ्ठेरो परिस्थितिको सामना गर्नुपरेको पर्यटकीय स्थलहरू अब पनि लकडाउन भए उठनै नसक्ने गरि थला पर्ने पर्यटन व्यवसायीहरू बताउँछन । स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारले पर्यटन क्षेत्रको बिकासका लागि राहत प्याकेज नल्याए सम्म लकडाउनको कल्पना गर्न नसकिने पर्यटन व्यवसायीहरूको भनाइ छ ।

 

वराहक्षेत्र नगरपालिक ...

धरान/ वराहक्षेत्र नगरपालिकाले आगामी आर्थिक वर्ष २० ...

उपमहानगरपालिकामध्ये ...

इटहरी/  देशभरका ११ वटा उपमहानगरपालिकामध्ये सब ...

धनकुटामा चार सवारी ठ ...

धनकुटा/  धनकुटाको पाख्रीबास नगरपालिका–६ ...

भात नपकाएको झोकमा श् ...

बराहक्षेत्र / ‘भात नपकाएको’  ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved