मनसुनअघि झापा–लौकही सडक खण्डको डाइभर्सनको काम सक्न निर्देशन

  • जेठ ३, २०८२
  • कोशीपत्र/संवाददाता
alt

झापा/ झापाको काँकडभिट्टादेखि सुनसरीको लौकहीसम्म पूर्वपश्चिम राजमार्गअन्तर्गत निर्माणाधीन एसियन हाइवेको डाइभर्सन कार्य मनसुन सुरु हुनुअघि सक्न निर्देशन दिइएको छ। काँकडभिट्टा–लौकही सडक योजना कार्यालय, पूर्वी खण्ड (दमक) ले निर्माण कम्पनीलाई शुक्रवार पत्राचारमार्फत यस्तो निर्देशन दिएको हो।

झन्डै १० अर्ब रुपैयाँको लगानीमा एसियाली विकास बैंकको सहयोगमा सडक स्तरोन्नतिको काम भइरहेको छ।

योजना प्रमुख इन्जिनियर सुनिलबाबु पन्तका अनुसार, डाइभर्सन समयमा नसकिए बर्खामा पानीले बगाउने खतरा रहनुका साथै यातायातसमेत पूर्ण रूपमा अवरुद्ध हुने जोखिम रहने भएकाले समयमै काम सम्पन्न गर्न निर्देशन दिइएको हो।

उनका अनुसार, वर्षायाममा डाइभर्सन भएका स्थानमा खाल्डाखुल्डी र कमजोर संरचनाका कारण दुर्घटनाको जोखिम बढ्ने भएकाले साना पुल तथा कल्भर्टको काम छिटो सकाएर मुख्य राजमार्गबाट नै सवारी आवागमन सुनिश्चित गर्ने लक्ष्य लिएको छ।

योजना कार्यालयका अनुसार हालसम्म सडक निर्माणमा १९ प्रतिशत र पुल तथा कल्भर्ट निर्माणमा १७ प्रतिशत मात्र भौतिक प्रगति भएको छ। निर्माण कम्पनीलाई पटक–पटक पत्राचार गर्दा पनि सन्तोषजनक प्रगति नदेखिएको भन्दै प्रमुख पन्तले असन्तोष व्यक्त गरेका छन्।

सडक निर्माणमा भइरहेको ढिलाइका कारण आगामी वर्षामा यातायात नै अवरुद्ध हुने चिन्ता स्थानीयवासीहरूले पनि व्यक्त गरेका छन्।

तथापि, योजना प्रमुख पन्तले बर्खाको समयमा समस्या समाधानका लागि ‘र्यापिड रेस्पोन्स टोली’ परिचालनको तयारी भइरहेको जानकारी दिए। साथै, वर्षातमा पनि निर्माण कार्य निरन्तर अगाडि बढाइने उनले स्पष्ट पारेका छन्।

कुल ९६.७६ किलोमिटर लामो उक्त सडक खण्डमा हालसम्म करिब २५ प्रतिशत मात्र काम सम्पन्न भएको छ। यो ३४ अर्ब ९० करोड रुपैयाँ लागतको परियोजनामा एसियन विकास बैंकको ८४.१ प्रतिशत र नेपाल सरकारको १५.९ प्रतिशत लगानी रहेको छ।

परियोजना सन् २०२४ फेब्रुअरी १ मा सुरु भई सन् २०२७ फेब्रुअरी १ भित्र सम्पन्न गर्ने लक्ष्यसहित अगाडि बढाइएको छ।

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved