साढे १२ करोडको तरकारी एक घण्टामा स्वाहा

  • वैशाख ३, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धनकुटा  भारीमात्रा आएको असिनाका कारण धनकुटाका विभिन्न स्थानमा लगाएको तरकारी बाली नष्ट हुदा कृषकले लगाएको साढे १२ करोड भन्दा बढी तरकारी बालीमा क्षति पु¥याएको छ ।
विहीबार परेको भारी असिनाका कारण जिल्लाको छथर जोरपाटी गाउपालिका, महालक्ष्मी नगरपालिका तथा जिल्लाका विभिन्न स्थानमा क्षति पु¥याउदा सो बराबरको क्षति भएको हो ।
दिउसो साढे चारदेखि साढे पाच अर्थात एक घण्टा परेको असिनाले कृषकले लगाएको आरेकेल मोटर (केराउ) मार्फा (चौडा रायो), माधुरी फुलकोभी लगायतका सब्जी नष्ट भएको हो ।
धनकुटाको सिंधुवा बजारमा सब्जी फर्म खोलेर बसेका मेघराज गुरुङका अनुसार असिनाले कृषकले लगाएको बालीमा ठूलो क्षति पु¥याएको बताए । उनले भने–‘असिनका कारण कृषकले उब्जनी गरेको बाली पूर्ण रुपमा नष्ट गरेको छ, उनीहरुको मेहनत बालुवा पानी सरह भएको छ ।’
उनका अनुसार असिनाले विशेष गरी छथरजोरपार्टी गाउपालिकाको २, ५ र ६ वडामा लगाएको तरकारी खेती पूर्ण रुपमा नष्ट भएको छ भने महालक्ष्मी नगरपालिका वडा १, ८ र ९ मा बढी क्षति पु¥याएको छ । धनकुटाका पत्रकार कविराज घिमिरेले जिल्लाका विभिन्न स्थानमा असिनाका कारण कृषकले ठूलो क्षति व्यहोर्नु परेको बताए । उनले भने–‘एक्कासी आएको असिना लामो समयसम्म पर्दा कृषकले ठूलो क्षति व्यहोर्नु परेको हो । उनका अनुसार काट्न लागेका बाली, टिप्न लागेको तरकारी असिनाले सखापै पारेको बताए ।

धरान मेघा हिमालयनमा ...

धरान/ धरान १२ मा अवस्थित मेघा हिमालयन कलेजले राष्ट ...

श्रीमतीलाई रडले घोचे ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–५ अन्न ...

ट्याक्टरसँग मोटरसाइक ...

झापा/ झापाको कनकाई नगरपालिका–५ तुलसीवारीस्थि ...

कक्षा १२ को नतिजा सा ...

काठमाडौँ/  राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved