बीपीको आकस्मिक कक्ष अस्तव्यस्त : विरामीलाई भुइमै राखेर उपचार

  • चैत २२, २०७७
  • "गोबिन्द बस्नेत"
alt

धरान / बिरामीको चाप अत्याधिक बढ्न थाले पनि जनशक्ति अभाव हुँदा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्ष अस्तव्यस्त हुँदै गएको छ । अहिले विरामीहरुले सहजै उपचार पाउन कठिन बन्दै गएको छ ।

शुक्रबार संखुवासभाको मादी नगरपालिकाबाट धरानतर्फ आउदै गरेको बस दुर्घटना भएपछि उपचारका लागि प्रतिष्ठानमा ल्याउँदा विरामीको चाप अत्याधिक भएपछि घाइतेहरुले सहज रुपमा उपचार पाउन सकेनन् । उपचारमा आएकाहरुले बेड अभावमा भुइमा उपचार गर्न बाध्य थिए । उपचारमा ल्याईएका घाइतेका आफन्तले प्रतिष्ठानमा उपचार ढिलाई हुने गुनासो गरे ।घाइते हर्क मंग्रान्तीले प्रतिष्ठानमा ल्याउने वित्तिकै नर्सहरुले सामान्य हेर्ने बाहेक चिकित्सक आएर चेकजाँच गर्ने काम एक घण्टापछि मात्र गरेको गुनासो गरे ।

उनले भने, ‘प्रतिष्ठानमा उपचार गर्ने चिकित्सक नै कम रहेछन्, सबै नर्सले नै हेर्नुपर्दो रहेछ, नर्सहरु पनि समयमा नआउने रहेछन्, प्रतिष्ठान त खत्तम नै भएछ ।’ अर्का घाइते संखुवासभा मावादिनकी पदमकुमारी गुरुङले पनि प्रतिष्ठानमा गम्भीर प्रकृतिका विरामीलाई पनि समयमा नेहेर्ने प्रवृत्ति रहेको बताइन । उनी भन्छिन्, ‘यहाँ ल्याएको एक घण्टा भन्दा बढी भयो, डाक्टर हेर्न पनि आउदैनन्, बेड नपाएर भुइमा बस्नु परेको छ ।’ दुर्घटनामा गम्भीर घाइते भएकी सभापोखरी गाउँपालिकाकी डम्बरकुमारी राई पनि गम्भीर घाइते भएकी थिइन् । दुर्घटनाकै कारण उनको कम्मर मुनिको भाग नचल्ने भएको छ । विरामीलाई चिकित्सकहरुले गम्भीरतापूर्वक नहेरेको घाइतेकी नन्द सानु लिम्बुले बताइन् । उनी भन्छिन्, ‘प्रतिष्ठानमा धेरै लापार्बाही रहेछ, विरामीले उपचार नपाएर मर्नुपर्ने अवस्था समेत आउने रहेछ ।’

बीपी प्रतिष्ठानको आकस्मिक कक्षका प्रमुख डा. ज्ञानेन्द्र मल्लले आकस्मिक गर्मी बढेसंगै प्रतिष्ठानमा विरामीको चाप अत्याधिक बढ्दा उपचारमा समस्या भएको बताए । उनले भने, ‘आकस्मिक कक्षमा दैनिक विरामीको चाप बढेको बढ्यै छ त्यस अनुसारको व्यवस्थापन गर्न हामी सकिरहेका छैनौं ।’

उनले प्रतिष्ठानको व्यवस्थापन पक्षसँग आवश्यक जनशक्ति, बेड, ट्रली, ह्वील चियर लगायत आवश्यक सामाग्री विषयमा माग गरेका छौं, चाडै नै आकस्मिक कक्षको अस्तव्यस्तता सहज हुन्छ ।’प्रतिष्ठानमा अहिले दैनिक ३ हजार भन्दा बढी विरामी उपचारका लागि आउने गरेका छन् । गर्मी बढेपछि अझ त्यो संख्या बढेर गएको बताइएको छ । विरामीलाई आवश्यक पर्ने वेड समेत नहुदा अहिले भुईमा राखेर समेत उपचार गराउनुपर्ने अवस्था सिर्जना भएको छ । यसतर्फ प्रशासनको व्यवस्थापन पक्ष गम्भीर देखिदैन ।

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved