टिकटक बनाउने स्थल बन्दै कोशी किनार

  • चैत १५, २०७७
  • "संगम विष्ट"
alt

बराहक्षेत्र/ बिहिबार चतरा स्थित कोशिको बगरमा धरानकी मोडल सानया लिम्बू मेहनत गरेर क्यामेरा फेस गरिरहेकी देखिन्थिन् । एक म्युजिक भिडियोमा समेत अभिनय गरेसकेकी मोडल सानया विहिबार भिडियोका लागि नभई टिकटकलाई कसरी आकर्षक बनाउन सकिन्छ भन्नेमा उनको ध्यान थियो ।

कोशीको किनाराका सेता बलुवामा टिकटक बनाएर नौलो र आकर्षित बनाउन चतरा आएकी सानयाको साथमा क्यामेरा मेनसहित को–एक्टर पनि थिए । कोशीको वगरमा ३–४ वटा टिकटक बनाएका सायना सहितको टिमले पानीबोटमा समेत टिकटक बनाए । अर्गानिक परिबेशमा फलोअर बटुल्ने योजनामा सानया छिन् ।

उनको टिकटकमा १ लाख भन्दा बढि फलोअर्स रहेका छन् । सायना जस्तै अन्य कलाकारहरु पनि आफ्नो कलालाई प्रस्तुत गर्न टिकटक बनाउन चतरा आउने गरेको स्थानीय चलचित्र निर्देशक भिषण राई बताउँछन् । उनी भन्छन्, ‘एउटै ठाउमा समथर मैदान, पहाड, जंगल, पानी, बोट लगायतका स्थान पाइने भएकाले चलचित्रदेखि पछिल्लो समय टिकटक बनाउने गतिल्लो गन्तव्य चतरा बन्दै आएको छ ।’

प्रायः कलाकारहरु आउदा स्थानीय भएका कारण समन्वय गर्ने गरेका भिषण दैनिक एक जना नाम चलेको कलाकार आएर चतराको सौन्दर्यतामा आफ्नो फोटो अनि टिकटक कैद गरेर जाने गरेको बताउछन् ।पछिल्लो समय सेलिब्रेटिदेखि समान्य मानिस टिकटक बनाउन चाहने गर्दछन् । एक बर्ष यता टिकटकबाटै दर्जनौ मानिसहरु कलाकारीता र मोडलिङ्ग क्षेत्रमा प्रवेश गरिसकेका छन् । आफुले गरेको कामबाट छिटो प्रतिक्रिया आउने भएकाले पनि नव–कलाकारहरुको मोह टिकटकमा देखिन थालेको छ ।

नेपाल सरकार चलचित्र विकास वोर्डले पनि प्रदेश नं १ मा चलचित्र छायांकन स्थल निर्माण सम्भाव्यता अध्ययनको लागि पनि चतरानै समेटिएको वराहक्षेत्र नगरपालिकालाई प्राथमितामा राखेर अध्ययन शुरु गरेकोछ ।

चलचित्र विकास वोर्डको स्वीकृत मापदण्ड बमोजिम बराहक्षेत्र नगरपालिका वडा नं ६ र ९ क्षेत्रमा पर्ने श्रीलंका टापु आसपासको दुई सय विगाह क्षेत्रलाई सबैभन्दा उपयुक्त क्षेत्र पहिचान गरेको र बराहक्षेत्र नगरपालिकाले चलचित्र छायांकन स्थलको रुपमा विकास गर्न सहमति प्रदान गरेको पत्र प्रदेश नं १ सरकारलाई हस्तान्तरण समेत गरि सकेको छ ।

चलचित्रका लागि आवश्यक मैदान, जंगल, सौन्दर्यता, नदीहरु एकै ठाउँ समेटिएको चतराक्षेत्र एउटा चलचित्र निर्माणका लागि सम्पूर्ण प्याकेज रहेको राईको भनाई छ । केही सुपरहिट चलचित्रको समेत सम्पूर्ण छायाँकन चतरामा नै सकिएको थियो । ऐतिहासिक तिर्ज स्थल रहेको चतरामा कलाकारको उपस्थितिले बढ्दो टिकटक मोह र फिलिम छायाँकन स्थल बन्न सम्भावना बढ्दै गएकाले चतराको विकाश र पर्यटन प्रबद्र्धनमा थप टेवा पुग्न सक्ने बिश्बास लिएको छ ।

tiktok

वराहक्षेत्र नगरपालिक ...

धरान/ वराहक्षेत्र नगरपालिकाले आगामी आर्थिक वर्ष २० ...

उपमहानगरपालिकामध्ये ...

इटहरी/  देशभरका ११ वटा उपमहानगरपालिकामध्ये सब ...

धनकुटामा चार सवारी ठ ...

धनकुटा/  धनकुटाको पाख्रीबास नगरपालिका–६ ...

भात नपकाएको झोकमा श् ...

बराहक्षेत्र / ‘भात नपकाएको’  ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved