वीपीमा व्यवस्थापनको कमजोरी : ओपीडी बिल काट्नै दुई दिन

  • चैत ४, २०७७
  • "दिनेश गजमेर"
alt

धरान/ उपचारका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान आएका बिरामीहरुले घण्टौं लाइनमा उभिएर नाम दर्ता गर्नु पर्ने बाध्यता कायमै रहेको छ । प्रदेश १ र २ का विरामीहरु दैनिक ३ हजार भन्दा बढी उपचारका लागि आउने गर्दछन् ।

तर बिल काट्ने काउण्टर व्यवस्थापन नहुँदा बिरामीले अझै पनि झञ्झट व्यहोर्नु परीरहेको छ ।दुई दिन अघि पेटको समस्या लिएर ओपीडीमा चेकजाँच गराउन आएकी झापा बिर्तामोडकी सम्झाना मोतेले ओपीडीको बिल काट्नै झन्झटिलो रहेको सुनाईन् । पहिलो दिन त उनले बिल काट्नै पाइनन् ।

दोस्रो दिन करिब ३ घण्टा लाइनमा बसेर बिल काटिन् । उनी भन्छिन्, ‘यति ठुलो अस्पताल छ, बिल काट्न भने दुई दिन कुनुपर्ने हुन्छ ।’ बिरामीको सहजताका लागि प्रतिष्ठानले ध्यान दिनुपर्ने उनी बताउँछिन् ।

प्रतिष्ठानमा ओपीडी सेवाको बिल मात्रै होइन्, स्वास्थ्य बिमाको बिल काट्न पनि असहज हुने गरेको छ । ओपीडी सेवाको बिल र स्वास्थ्य बिमाको बिल काट्ने काउण्टर एउटै भवनमा छ ।

प्रतिष्ठानको दोस्रो भवनमा रहेको दुवै काउण्टरमा ओपीडी र स्वास्थ्य बिमाको बिल काट्न बस्नुपर्ने लाइनमा हुने भिडका कारण प्रतिष्ठानकै कर्मचारीहरुलाई आवात जावत गर्न पनि समस्या रहेको छ भने बिरामीहरुलाई पनि भित्र छिर्न नै गाह्रो हुने गरेको छ । स्वास्थ्य बिमाको प्रक्रिया एकदमै झण्झटिलो छ, त्यसमा पनि बिल काट्न लाईनमा बस्नुपर्दा एकै दिनमा हुने काम दुई दिन नै लाग्ने गरेको छ ।

कोरोना संक्रमण पुर्ण रुपमा नियन्त्रण भइनसकेको अवश्थामा बिल काट्न बढेको भिडले थप जोखिममा पारेको छ । ‘कतिले मास्क लगाउँछन्, कतिले लगाउँदैनन्, यस्तो भिडमा कोरोना सर्छ कि भन्ने डर अझै छ’, धरान १८ का अशोक राई भन्छन्, ‘प्रतिष्ठानको व्यवस्थापनमा लापरवाही बढेको छ ।’

प्रतिष्ठानमा दैनिक ३ हजारभन्दा बढी बिरामी उपचारका लागि आउने गरेका छन् । तर व्यवस्थापन चुस्त नहुँदा प्रभावकारी रूपमा स्वास्थ्य सेवा प्रवाह हुन सकेको छैन । उपचारको लागि पहिलो चरण नाम दर्ता र बिल लिनेदेखि नै विरामीले झञ्झट व्यहोर्नुपर्ने बाध्यता रहँदै आएको छ ।

कोरोना संक्रमणको अवश्थामा प्रतिष्ठानले गत असोजमा ओपिडीको लागि अनलाइनबाट नै रजिष्ट्रेसन र बिल काट्ने व्यवस्था शुरु गरेको थियो । यसको लागि प्रतिष्ठानले मिडास कम्पनी सँगको सहकार्यमा एप्सनै बनाएको थियो । लाखौं रुपैया खर्च गरेर बनाएको एप्सले अहिले काम गरिरहेको छैन् । एप्सले काम नगर्दा र अस्पतालमै बिरामीहरु आएर बिल काट्नु पर्ने हुँदा समस्या बढ्दै गएको हो ।

पछिल्लो समय अस्पतालमा बिरामी बढ्दै गए पछि बिल काउण्टरमा बढेको भिडलाई व्यवस्थापन गर्न नसकिएको प्रतिष्ठान स्वीकार गर्छ । भिड व्यवस्थापनमा समस्या आइरहेको प्रतिष्ठानका प्रमोद बराल स्वीकार गर्दै चाडै व्यवस्थापनका लागि तयारी भइरहेको बताउँछन् ।

मिडास कम्पनीको सफ्टवेयरले लक्ष्य गरे अनुसारको सेवा दिन नसकेको उनको भनाई छ । उनले भने, ‘सफ्टवेयरबाट शुरु शुरुमा धेरै समस्याहरु आए, एडजस्ट गर्न पनि खोज्यौं तर भएन, सोचे जस्तो सेवा दिन सकेन्, फुलफर्मको लागि छलफल गरिरहेका छौं, भएन भने विकल्प खोज्नेछौं ।’

स्वास्थ्य बिमाको भिड नियन्त्रण गर्न जनशक्ति थप्ने तयारीमा रहेको उनले बताए । स्वास्थ्य बिमा तर्फको समस्या केही दिनमा समाधान गरेर ओपीडी तर्फ काउण्टर थपेर अहिलेलाई केही नियन्त्रणका लागि तयारी भइरहेको उनले बताए । दिर्घकालिन समस्या समाधानका लागि नयाँ क्षेत्रको खोजि भइरहेको उनको भनाई छ ।

बिरामीको चाप बढ्दै जानु र पुरानै क्षेत्र साघुरो हुनाले समस्या बढे पनि समयमै उचित व्यवस्थापनमा ध्यान नपुग्दा सेवाग्राहीले स्वास्थ्य सेवा बाट समेत बञ्चित हुनुपरेको छ ।

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved