भेडेटारमा सेल्फी हान्ने र टिकटक बनाउनेको घुइँचो

  • माघ २८, २०७७
  • "कुमार लुइँटेल"
alt

विराटनगर । नमिता चौधरीले टिकटक खोलिन् । ड्राप्mटमा गइन् अनि त्यहाँ सेभ गरेको लिङ्कमा क्लिक गर्दै चाहिए जति भिडियो खिचिन् । सुनसरीको झुम्काबाट उनी भेडेटारको पाथीभरा पुगेकी थिइन् ।

‘कोरोनाको त्रास र लकडाउनले गर्दा बाहिर घुम्न निस्किएकै थिइनँ’, उनले भनिन्, ‘बल्ल एघार महिनापछि रमाइलो गर्न निस्किएँ ।’ नमिता र उनका चारजना साथीले भेडेटार वरपरका पर्यटकीय क्षेत्र घुमफिर गरेर रमाइलो गरेको सुनाए ।

कोरोना–त्रास कम हुन सुरु भएसँगै प्रदेश १ का पर्यटकीय क्षेत्रमा पुनः आन्तरिक पर्यटकको चहलपहल सुरु हुन थालेको छ । कोरोनाले पूरै ठप्प भएका धार्मिक तथा पर्यटकीय क्षेत्रमा मानिसहरू समूह बनाएर पुग्न थालेका छन् । कतिपय मानिस बिदा मनाउन परिवारसहित घुम्न निस्कन थालेका छन् ।

होटल व्यवसायी सङ्घ भेडेटारका अध्यक्ष जितेन्द्र रुम्दाली राईका अनुसार भेडेटारमा पर्यटकको आउजाउ निक्कै बाक्लिन थालेको छ । अहिले होटलका ५० प्रतिशत जति कोठा भरिन थालेका छन् । भन्छन्, ‘अहिले कोरोनाको सङ्क्रमण घटेपछि पर्यटकीय गतिविधि पनि सुरु भइसकेको छ ।’ उनले कोरोना सङ्क्रमणले पर्यटन व्यवसायमा ठूलो असर गरेको सुनाए ।

भेडेटार कोसी पहाडको चिसो ठाउँ हो । तराईमा उखुम गर्मी सुरु भएपछि अझ धेरै मानिसहरू त्यहाँ घुम्न पुग्छन् । अङ्ग्रेजी नयाँ वर्षमा भेडेटारमा बर्सेनी फुड फेस्टिबल आयोजना गरिएको थियो ।

त्यस बेला प्रशस्त भारतीय पर्यटक आउँथे । यस वर्ष सो फेस्टिबल भने हुन सकेन । ‘यसपल्ट वैशाखलाई लक्ष्य गरेर फेस्टिबल गर्दैछौँ’, रुम्दालीले भने, ‘फेस्टिबलसँगै वरिपरिका पर्यटकीय क्षेत्रको सर्ट टुर प्याकेज पनि समेट्ने तयारी छ ।’ हेलिकोप्टरबाट पाथीभरा र हलेसीसम्म दर्शनार्थी लगिने उनले जनाए । भेडेटारमा आठ वर्षदेखि लगातार फेस्टिबल भइरहेको थियो ।

भेडेटार र यस वरपर पाथीभरा मन्दिर, आत्माघर, नमस्ते झर्ना, नाम्जे होमस्टे जस्ता पर्यटकीय क्षेत्र छन् । त्यसबाहेक तराईमा गर्मी चढेपछि भेडेटारमा विभिन्न संघसंस्थाले कार्यक्रम गर्न उतै आयोजना गर्ने गर्छन ।

वैदेशिक रोजगारबाट फर ...

धरान/  वैदेशिक रोजगारबाट फर्किएपछि सुनसरीको ब ...

रामधुनीमा प्रेशर कुक ...

इटहरी/  सुनसरीको रामधुनी नगरपालिका–४ रा ...

नेपाल आज हङकङसँग भिड ...

काठमाडौं/आइसीसी महिला टी–२० विश्वकप एसिया छनोट अन ...

विजयपुर अस्पतालमा अन ...

धरान/ धरान–१० मा रहेको विजयपुर अस्पतालमा सोम ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved