बहुतले पार्किङ्ग र सिनेमा हलसहितको भवन शिलन्यास

  • माघ १७, २०७७
  • "भगीरथ भण्डारी"
alt

इलाम: इलाम नगरपालिका बस पार्कमा बन्न लागेको मोटर पार्किङ्ग र सञ्चार केन्द्रसहितको बहुतले भवनको शनिबार शिलान्यास भएको छ ।

कृषि, भूमि व्यवस्था तथा सहकारी राज्य मन्त्री राम रानाले एक कार्यक्रमका बीच भवनको शिलान्यास गरेका हुन् । शिलान्यस गर्दै मन्त्री रानाले यो बहुतले पार्किङ्ग भवन मुलुककै नमूना भवनको रुपमा प्रदेश सरकारले निर्माण गर्न लागेको बताए ।

भूमिगत एक तला र भुईं तलमा मोटर पार्किङ्ग, सिनेमा हल र सञ्चार केन्द्रसमेत रहने गरी निर्माण गर्न लागिएको भवन मुलुककै नमूना भवन बन्ने इलाम नगरपालिकाका मेयर महेश बस्नेतले बताए ।

प्रदेश नम्बर १ सरकारको लगानीमा इलाम नगरपालिकाको समेत सहभागितामा निर्माण हुन लागेको भवनको कूल लागत २१ करोड ५९ लाख ७२ हजार ७०१ रुपैयाँको लागत स्टमेट रहेको छ ।

ठेकेदारले भने १२ करोड ७२ लाख ३१ हजार ३३५ रुपैयाँमा निर्माण सम्पन्न गर्ने गरेर संझौता गरेको छ । भवनको ठेक्का भने कविन्द्र÷नवसिर्जनशील सिनामंगल काठमाण्डौंले ठेक्का पारेको छ ।

भवन निर्माणका लागि चालु आर्थिक वर्षमा भने प्रदेश सरकारले एक करोड ६० लाख रुपैयाँ विनियोजन गरेको छ । भवन निर्माणका लागि २०७७ असार ३१ गते संझौता गरिएको छ भने २०७९ पुस ३० गते सम्पन्न हुने शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय इलामका प्रमुख रुद्रनारायण मिश्रले बताए ।

४६ वटा मोटर पार्किङ्ग गर्ने क्षमता भवनमा रहने छ । दोस्रो र तेस्रो तलामा भने सिनेमा हल दई वटा बन्ने छन् । दुई सय ५० जनाको दरले अटाउन सक्ने क्षमताका सिनेमा हल बन्ने छन् ।

 

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved