धरानमा पनि मनाइयो शहीद दिवस "धरान नगरपालिकाले गान्दिव श्रेष्ठ र शुसिल कट्टेल शहीद घोषण गर्न पहल गर्ने"

  • माघ १६, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरानः शहीदहरुको समझनामा प्रत्येक वर्ष माघ १६ गते मनाइदै आइएको शहीद दिवस शुक्रबार आज धरानमा पनि मनाइएको छ ।
प्रजातन्त्रका लागि बलिदान दिएका सहिदहरुको सम्झनामा शुक्रवार धरान उपमहानगरपालिकाले श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरी सहिद दिवस मनाएको हो ।

शुक्रबार शहीदको अवसर पारेर धरानमा आयोजित कार्यक्रममा प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारी ,धरान उपमहानगरपालिकाका मेयर तिलक राई, उपमेयर मञ्जु भण्डारी लागयतले शहीदका तस्वीरमा माल्यापर्ण गरेका थिए ।


कार्यक्रममा बोल्दै प्रदेश सभामुख भण्डारीले नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न नागरिक बनाउन, जहानिया राणा शासन, निरङ्कुश पञ्चायत तथा तानाशाही राजतन्त्र विरुद्धको जनआन्दोलनहरूमा प्राणको आहुती दिएका वीर सपूतहरूको सम्झनामा शहीद दिवस मनाइँदै आएको बताए ।

उनले भने ‘नेपाललाई संघीय लोकतान्त्रीक गणतन्त्रसम्म ल्याइ सार्वभौम बनाउन प्रथम शहिद लखन थापा सहितका शहिदहरुले दिएको बलिदान भुल्न हुँदैन ।’

मेयर तिलक राईले वीर शहीदहरुको संर्घषमय जीवन र बलिदानको गाथा नेपाल र नेपाली रहेसम्म रहन बताए । साथै प्रजातन्त्रकका लागि भएको आन्दोलनका अरू योद्धाहरूको सम्झनामा प्रत्येक वर्ष उपमहानगरपालिकाले शहिद दिवस मनाउदै आएको जीकीर गरे । उनले आन्दोलनको इतिहासमा धरानका गान्दिव श्रेष्ठ, शुसिल कट्टेले पनि प्राणको आहुती दिएकाले उनिहरुलाई शहिद घोषणा गराउन उपमहानगरपालिकाले पहल समेत गर्ने बताए ।

कार्यक्रममा उपस्थीत उपमेयर भण्डारीले पनि बिर शहीदहरु प्रति श्रद्धाञ्जली अपर्ण गर्दै महान सहिदहरु प्रजातन्त्र प्राप्ति, तानाशाही व्यवस्था र निरंकुशता विरुद्ध खेलेको भुमिका समेत स्मरण गरिन ।

उनले भनिन् ‘नागरिक स्वतन्त्रता, जनताका हक अधिकार सुनिश्चित गराउन शहिद दिवसले जहिले पनि सम्भना गराउदै आएको छ ।’ मुलुक संघिय लोकतान्त्रिकतथा गणतन्त्रमा प्रवेश गरेको बेला शहिदहरुका परिवारका अवस्थाको बारेमा राज्यले सोधिखोजी गर्नुपर्नेमा उनले जोड दिइन् ।

तत्कालीन राणा शासकले १९९७ सालको माघ १० गते काठमाण्डौं टेकुको पचलीमा शुक्रराज शास्त्रीलाई, धर्मभक्त माथेमा लाई माघ १३ गते सिफलमा र गङ्गालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभा भगवतीमा मृत्युदण्ड दिएको थियो ।

निरङ्कुश राणा शासन विरुद्ध प्रजातन्त्रका लागि संघर्षमा उत्रिएका चार शहिद लाई राणा शासकले मृत्युदण्ड दिएको दिनलाई २००७ सालको क्रान्तिले प्रजातन्त्र ल्याएपछि शहिद दिवसको रुपमा मनाउन थालिएको हो ।

 

धरान उपमहानगर बजेट ल ...

धरान/ स्थानीय पालिकाहरुले नयाँ आर्थिक बर्षको लागि ...

विजयपुर हस्पिटलमा ७१ ...

धरान/ धरान-१० स्थित विजयपुर हस्पिटलमा घुँडाको सघन ...

मनमोहनका विद्यार्थील ...

विराटनगर/ कोशी प्रदेश सरकारको मनमोहन प्राविधिक विश ...

विराटनगर महानगरको ४ ...

विराटनगर/  विराटनगर महानगरपालिकाले आर्थिक वर् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved