गायक ज्ञान सुब्बाको ‘धरान शहर’ सार्वजनिक

  • पुस ७, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । धराने गायक ज्ञान सुब्बाको आवाज रहेको ‘धरान शहर’ बोलको गीतको म्युजिक भिडिओ धरानको गोर्खा डिपार्टमेन्टको हलमा आयोजित कार्यक्रममा सार्वजनिक गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि धरान उपमहानगरपालिकाको उपप्रमुख मञ्जु भण्डारी सुवेदीले एलईडी स्क्रीनको प्ले बटन थिचेर ‘धरान शहर’ सार्वजनिक गरेकी हुन् । गायक ज्ञान सुब्बाको युट्यूव च्यानल मार्फत पनि गित सार्वजनिक गरिएको थियो ।

गीतको शब्द अनुरुप धरान तथा यस क्षेत्र वरपरका बराहक्षेत्र, विजयपुर, भेडेटार सम्मका विभिन्न पर्यटकीय क्षेत्रहरु कैद गरिएको छ । गीतमा शब्द हर्क चुम्मे र संगीत जीवन भट्टराईको रहेको छ ।

भावना स्टुडियो धरानमा रेकर्ड गरिएको गीतमा कुमार थापाको संगीत संयोजन रहेको छ । सिल्भर इन्टरटेनमेन्टको निर्माणमा थैली इन्टरटेनमेन्टको भुपेन्द्र तुम्बहाम्फेको छायाँकंन र निर्देशनमा तयार भएको म्युजिक भिडियोमा रेखा लिम्बु, बिनोद बस्नेत, बादल श्रेष्ठ, जोयना लिम्बु, बिपना श्रेष्ठ, निशान लिम्बु र किरण श्रेष्ठको अभिनय रहेको छ भने सम्पादन अनिल रानाको रहेको छ ।

कार्यक्रममा गितका संगीतकार जीवन भट्टराईले धरानको पर्यटनमा टेवा पुगोस भन्ने अभिप्रायले गीत र भिडियो तयार गरेको बताए । उनले भने, ‘हाम्रो मिहिनेतले केहि हदसम्म धरान चिनाउने प्रयास गरिएको छ ।’

धरान सरोकार समाजका अध्यक्ष प्रभु प्रसाद श्रेष्ठ, बरिष्ठ लोक गायक गंगा बरदान, बरिष्ठ कलाकार प्रेम सुब्बा, धरान संगीत प्रतिष्ठानका अध्यक्ष सुवर्ण श्रेष्ठ धरान उपमहानगरपालिकाको पर्यटन समिति सहसंयोजक किशोर थुलुङ्ग लगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा बरिष्ठ गायक दिप श्रेष्ठ, बरिष्ठ गायक तथा संगीतकार दिनेश सुब्बा, धरान संगीत प्रतिष्ठानका अध्यक्ष सुबर्ण श्रेष्ठले भिडियो मार्फत शुभकामना सुन्देश दिएका थिए भने गायक ज्ञान सुब्बाका अन्य दुई बटा ‘ओ ब्यस्त जीवन’ र ‘हिउँदोको घाम’ गीतको म्युजिक भिडियो प्रदर्शन गरिएको थियो ।

भर्खरै मात्र नेपाल जेसिज २०२१ को राष्ट्रिय उपाध्यक्ष पदमा सर्वाधिक मत ल्याई बिजयी हभएका धरान जेसिज २०२० का अध्यक्ष दिपेन्द्र निरौलालाई खादा र सम्मानपत्रले सम्मानित गरिएको थियो ।

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved