वाइवाइ नेपाल स्टार टप टेनका धराने गायक लामालाई सहयोग जुट्दै

  • मंसिर २६, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । वाइवाइ नेपाल स्टारको टप टेनमा पुग्न सफल भएका धरानका सन्देश बम्जन लामालाई भोटिङका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ्दै गएको छ ।

गायक लामा सुनसरी कै एक मात्र प्रतिष्पर्धी हुन् । धरानका विभिन्न संघसंस्था, पेशाकर्मी, उद्योगी, व्यवसायी, खेलकर्मी तथा संगीतप्रेमीहरुवाट लामालाई वाइवाइ नेपाल स्टारमा प्रथम बनाउन आर्थिक सहयोगका लागि अभियान नै संचालन गरिएको छ ।

यसै वीच नेपाल तामाङ घेदुङले लामालाई पहिलो चरणमा १२ हजार ९ सय रुपैया एक कार्यक्रमका वीच सहयोग प्रदान गरेको छ । यस अघि धरान २ स्थित निकेतन उच्च माध्यमिक विद्यालयमा गरिएको एक कार्यक्रममा ४५ हजार रुपैया भोटिङका लागि आर्थिक संकलन भएको थियो ।

घेदुङले लामालाई विजयी गराउन वडास्तरवाटै निरन्तर अभियान सञ्चालन गर्ने बताएको छ । नेपाल तामाङ घेदुङ, धरानको राष्ट्रिय वाणिज्य बैंक, धरानमा रहेको खाता नं. २१६०००३१२१०१ मा स्वेच्छिक रुपले सक्दो रकम जम्मा गरी सहयोग गर्न तथा प्रत्येक शनिवार राती ८ः५० देखि विहिवार राती १२ बजेसम्म एनएस १३ टाइप गरी ३३००१ मा सक्दो एसएमएस गर्न समेत अभियानले आग्रह गरेको छ ।

वैदेशिक रोजगारीको सप ...

काठमाडौँ/ वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन द ...

बराहक्षेत्रमा बिपी स ...

बराहक्षेत्र/ नेपाली कांग्रेस वराहक्षेत्र नगर कार्यसमिति ...

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved