प्रदेश १ संसदको हिउँदे अधिवेशन डाक्न ढिलाई संसदीय समितिहरु सुस्त, सरकार जनताका समस्या सुन्दैन

  • मंसिर २४, २०७७
  • "कुमार लुइँटेल"
alt फायल फोटो : प्रदेश १ को प्रदेशसभा बैठक ।

विराटनगर । जनताका समस्या उठान हुने थलो संसद हो । जनप्रतिनिधिले जनताका समस्यालाई सोझै सरकार समक्ष पु¥याउन संसदमा जनताको बोली बोल्छन । तर, प्रदेश १ मा कोरोना संक्रमण र निर्माणाधीन संसद भवनलाई कारण देखाउँदै संसदको हिउँदे अधिवेशन बोलाउन चासो दिइएको छैन ।

संसद अधिवेशन नचल्दा सरकारलाई खबरदारी गर्ने ‘मिनी संसद’ भनिने संसदीय समिति पनि निष्कृय छन । प्रदेश १ मा सातवटा संसदीय समिति छन । तर, यिनको सक्रियता विगतदेखि नै हुन सकेको छैन् । अहिले कोरोना महामारीका कारण स्वास्थ्य सेवाको सवालमा जनताले दुःख पाईरहेका भएपनि समस्याहरु सरकारसम्म पु¥याउने माध्यम नै नहुँदा जनसरोकारका विषय ओझेलमा परेका छन ।

“कानुनतः एउटा अधिवेशनको अन्त्य भएको ६ महिनाभित्र बोलाउनु पर्ने प्रावधान छ,” प्रदेश १ प्रदेशसभा सचिवालयका प्रदेशसभा सचिव गोपाल प्रसाद पराजुलीले भने, “पहिलेको हल सांघुरो भएकोले हामीले कोरोना कहरबीच नै स्क्रिन शेयरिङ गरी दुईवटा हलमा बैठक गरेका थियौं अब नयाँ भवन बनिरहेको छ । माघ ८ गते अगाडि नै निर्माण पूरा भयो भने नयाँमा चलाउँछौ नत्र स्क्रिन शेयर गरेरै भएपनि संसद बैठक बस्नेछ ।”

पराजुलीले निर्माणाधीन संसदको भवन काम दु्रत गतिमा भईरहेको र पर्खाल उठाउनेसम्मको काम भईरहेको जानकारी दिए । अहिले रहेकै संसद भवनको अघिल्तिर ट्रस्ट हालेर प्रिफेबको भवन निर्माणको काम भईरहेको छ । तत्कालीन जिल्ला विकास समितिको भवनमा संसदको हल र कार्यालय संचालनमा छ ।

लेखा समितिका सभापति शिवनारायण सिंह गन्गाईले कोरोना शुरु भएयता संसदीय समितिको बैठक बस्न नसकेको बताउँदै भने, “भर्चुअल रुपमा छलफल गर्दा भौतिक उपस्थिति भएर गरे जस्तो नहुने रहेछ, खासमा संसद नहुँदा संसदीय समिति सक्रिय हुनुपर्ने अपेक्षा भएपनि त्यो हुन सकेको छैन ।” उनले समितिहरुले जुन ढंग र गतिले काम गर्नुपर्ने त्यो अनुसार हुन नसकेको र कोरोनाले समेत असर गरेको बताए ।

कोरोना कहरबीच हतार हतार प्रदेश १ सरकारको बर्खे अधिवेशन अन्त्य भएसंगै संसदीय गतिविधि लगभग शून्य बनेको छ । जनताको समस्या उठान हुने थलो नै निस्कृय बन्दा सरकारको गतिविधि समेत सुस्त बन्न पुगेको विपक्षी दलका सांसदको भनाइ छ ।

प्रमुख विपक्षी कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले सरकारले आफ्ना कमजोरी लुकाउन संसद अधिवेशनमा डाक्न ढिलाई गरेको बताए । उनले भने, “संसदीय समितिको बैठक बोलाउन बारम्बार दबाब दिंदा समेत चासो दिइएको छैन ।” कार्कीले प्रदेश सरकारको गतिविधि शून्य अवस्थामा पुगेकोले जनताले समेत विश्वास गर्न छाडेको आरोप लगाए ।

संसदमा विपक्षी दल संघीय लोकतान्त्रिक राष्ट्रिय मंचकी सांसद विष्णु तुम्बाहाम्फे संसद अधिवेशन नहुँदा सरकारलाई खबरदारी गर्न नसकिएको बताउँछिन् । उनले भनिन्, “हामी विपक्षी दलले संसदको बैठक बोलाउन माग गरिरहेका छौं, प्रमुख विपक्षी कांग्रेस सहितका दलसंग छलफल भईरहेको छ, कोरोना बाहना बनाई बैठक नबोलाउने काम भईरहेको छ ।”

उनले सरकारले आफ्ना कमजोरी जनतामाझ उजागर हुने भयले समेत संसदको अधिवेशन बोलाउन ढिलाई गरेर विपक्षीबाट उठ्ने प्रश्नलाई रोक्न खोजेको बताइन ।

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved