इलाममा बहुतले पार्किङ सहितको सिनेमाहल बन्दै

  • मंसिर १७, २०७७
  • "भगीरथ भण्डारी"
alt

इलाम/ इलाम सदरमुकाममा बहुतले मोटर पार्किङ, सिनेमा हल सहितको भवन निर्माण हुने भएको छ ।

प्रदेश सरकारले गौरवको योजना अन्र्तगत ११ करोड १० लाख ३९ हजार आठसय ३८ रुपैयाँ लागतमा भवन निर्माण हुन लागेको हो ।

नगरपालिकाले तयार गरेको बिस्तृत परियोजना प्रस्ताव अनुसार यस भवनमा एक तला अन्डरग्राउण्ड पार्किङगरी तिनतला पार्किङ र चौथो तलामा दुईवटा सिनेमा हल र फुड कोड रहने इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले बताए । बस्नेतले भने ‘ पहिले नगरपालिकाले २३ करोड ६१ लाखको डिपिआर तयार गरेकोमा प्रदेश सरकारले परिमार्जन गरी १७ करोड लागत निकालेका र प्रतिस्पर्दामा ११ करोडमा लागतमा निर्माण हुन लागेको हो ।’

बसपार्कको चार रोपनी क्षेत्रफल जमिनमा बन्ने भवनको दुई वटा सिनेमा हलमा प्रतिहल २ सय ५० जना क्षमताको रहने छ । भवनमा ४७ साना सवारी र दुई सय भन्दा बढी मोटरसाइकल पार्किङ्ग गर्न सकिनेछ । प्रदेश नम्बर १ सरकारले सडक सुशासनको नमुना शहर बनाउने घोषणा अनुरुप इलाममा यो भवन निर्माण हुन लागेको हो । २०७९ चैत्र ३० सम्ममा सम्पन्न गर्ने गरी कविन्ँद्र नवसिर्जनस जे भि कम्पनिले जिम्मा लिएको छ ।

 

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved