भारततर्फ डिजेल तस्करी गर्ने तीन जना पक्राउ

  • मंसिर १०, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

विराटनगर । नेपालबाट भारततर्फ डिजेल तस्करी गर्न सक्रिय तीन जनलाई मोरङ प्रहरीको टोलीले पक्राउ गरेको छ ।

विराटनगर महानगरपालिका वडा नं.११ स्थित केशलिया नहर छेउबाट सुनसरी हरीनगरा गाउँपालिका वाड न. ६ बस्ने वर्ष २५ को सत्रुधन साह सोही ठाउँ बस्ने वर्ष ३० को नजाम खान र ५० को अकवाल मियाँ पक्राउ परेका हुन ।

प्रहरीको गस्ती टोलीले ३ वटा मोटरसाईकलमा नेपालबाट भारततर्फ अवैध रुपमा भन्सार छली चोरी निकासी गरी प्लाष्टिकको गिलेनमा ४३० लिटर डिजल लादैं गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी गस्ती टोलीले भारततर्फ गिलेनमा डिजेल तस्करी हुने गरेको आधारमा निगरानी गर्न केशलिया पुगेको बताइएको छ । भारतमा भन्दा नेपालमा डिजेल सस्तो पर्ने भएकोले सीमाक्षेत्रका पम्पमा खरिद गरी भारततर्फ तस्करी हुने गरेको प्रहरीको भनाइ छ ।

धरान उपमहानगर बजेट ल ...

धरान/ स्थानीय पालिकाहरुले नयाँ आर्थिक बर्षको लागि ...

विजयपुर हस्पिटलमा ७१ ...

धरान/ धरान-१० स्थित विजयपुर हस्पिटलमा घुँडाको सघन ...

मनमोहनका विद्यार्थील ...

विराटनगर/ कोशी प्रदेश सरकारको मनमोहन प्राविधिक विश ...

विराटनगर महानगरको ४ ...

विराटनगर/  विराटनगर महानगरपालिकाले आर्थिक वर् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved