चलचित्रकर्मी महासंघले वैशाखमा चलचित्र महोत्सव गर्ने

  • मंसिर १०, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । कोरोनाको कारण सुस्ताएको चलचित्र उद्योगलाई चलायमान गराउने उदेश्यले नेपाल चलचित्रकर्मी महासंघ प्रदेश नम्बर १ ले चलचित्र महोत्सवको आयोजना गर्ने भएको छ ।

आइतबार बृहत चलचित्र सम्बन्धी अन्तरक्रिया गरि आागमी दिनको चलचित्र महोत्सव गर्ने कार्ययोजनामा समावेश गरेको छ । आगामी २०७८ बैशाखमा नेपाली चलचित्र महोत्सव प्रदेश १ मा आयोजना गर्ने महासंघका अध्यक्ष अरुण प्रधानले जानकारी दिए ।

प्रदेश नं. १ नेपाली चलचित्र क्षेत्रको एउटा प्रमुख बजार र छाँयांकनको लागि उपयुक्त स्थान भएकोले प्रदेशका चलचित्रकर्मीहरुलाई उत्साहित गराउदै पर्यटकीय स्थानलाई प्रबद्र्धन गर्ने उद्देश्यले चलचित्र महोत्सव आयोजना गर्न लागिएको उनले बताए ।

महोत्सवमा चलचित्रकर्मीहरुलाई प्रोत्साहित गर्नको लागि प्रदेश १ मा बनेका कथानक चलचित्रहरु, छोटो चलचित्रहरु लागि छुट्टै तथा नेपालमा बनेका अन्य कथानक चलचित्रहरु र छोटो चलचित्रहरुको छुट्टै बिधा अन्तर्गत रहेर प्रदर्शन गर्ने योजना रहेको छ ।

महोत्सवमा अग्रज चलचित्रकर्मीहरुलाई सम्मान पनि गरिने भएको छ । महोत्सवमा प्रदेश १ का चलचित्रकर्मीहरुको जानकारी सहित भएको चलचित्र स्मारिका पनि विमोचन गर्ने र चलचित्र सम्बन्धी कार्यशाला गर्ने योजना रहेको अध्यक्ष प्रधानले बताए ।

प्रदेश सरकारले गत सालको कार्तिक २९ गते देखि मंसिर २ गते सम्म चलचित्र महोत्सव गर्ने घोषणा गरेको थियो । तर कोरोनाको महामारी शुरु भएकाले रोकिएको थियो । अबको महोत्सव चलचित्रकर्मीहरुले गर्ने योजना रहेको उनको भनाई छ । नेपाल चलचित्रकर्मी महासंघ प्रदेश न १मा १३ वटा बिभिन्न पेशागत संघ, संस्था आबद्ध रहेका छन् । त्यसै गरि महासंघको वरिष्ठ सल्लाहकारमा दिपाश्री निरौला र चिरिन्जिवी बस्नेतलाई मनोनयन गरिएको छ ।

कार्यक्रममा नगेन्द्र राइको अध्यक्षतामा १३ सदस्यीय नृत्यकर्मी संघ प्रदेश न १ पनि गठन भएको छ । समितीको उपाध्यक्षहरुमा एल सि श्रेष्ठ ( झापा ), प्रणिता तमाङ ( सुनसरी), सचिवमा राजा सुब्बा लावती ( मोरङ ), कोषाध्यक्षमा अन्जली माझी ( झापा ), सदस्यहरुमा संकोच प्रधान ( ईलाम ), पेम्बा लामा (ताप्लेजुङ), मिथुन ठाकुर (उदयपुर ), मनोज राजावन्शी (मोरङ), बसन्त बस्नेत, कृष्ण ब राइ, सन्तोष मगर, सल्लाहकारहरुमा मणी राइ ( सुनसरी ), प्रेम सुनाम ( मोरङ), बालकुमार कटुवाल (झापा) रहेका छन् । त्यसैगरी चलचित्र निर्माता लाकमान योन्जनको संयोजकत्वमा निर्माता संघ प्रदेस १ र चलचित्र निर्माता तथा निर्देशक भिम लामाको संयोजकत्वमा आदिवासी जनजाति चलचित्रकर्मीहरुको संघ स्थापना गर्ने निर्णय पनि गरिएको छ ।

वैदेशिक रोजगारबाट फर ...

धरान/  वैदेशिक रोजगारबाट फर्किएपछि सुनसरीको ब ...

रामधुनीमा प्रेशर कुक ...

इटहरी/  सुनसरीको रामधुनी नगरपालिका–४ रा ...

नेपाल आज हङकङसँग भिड ...

काठमाडौं/आइसीसी महिला टी–२० विश्वकप एसिया छनोट अन ...

विजयपुर अस्पतालमा अन ...

धरान/ धरान–१० मा रहेको विजयपुर अस्पतालमा सोम ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved