मोरङको रतुवामाईबाट सोह्र जुवाडे पक्राउ

  • मंसिर ६, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । जुवा जन्य खेलहरुमा प्रहरीको नियन्त्रण तिब्र रुपमा बढेको छ । चाडपर्वको समयमा हुने जुवाजन्य खेलहरुलाई नियन्त्रण गर्न प्रदेश १ प्रहरीले अभियान नै चलाएको छ ।

यसै बिच मोरङको रतुवामाई नगरपालिका ८ बाट तास तथा जुवा खेलिरहेका अवस्थामा डेढ लाख भन्दा बढी नगद सहित १६ जनालाई पक्राउ गरेको छ ।

शुक्रवार राती साँढे ११ बजे स्थानीय सागर गडतौलाको घरमा जुवा तास खेलिरहेको भन्ने बिषेश सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा रतुवामाईका डिल्लीराम चौलागाई, मोती पौडेल, रामनाथ मैनाली, देवी प्रसाद प्रसाई, रामनाथ नेपाल, हेमलाल प्रसाई, नारायण चुडाल, सन्त बहादुर राई, सागर गडतौला, दिपक ढुङगाना, योगराज घिमिरे, अशोक भट्टराई, राजन हस्ता सतार, गोपी पराजुली, रबिन पोखरेल र बेलबारीका गणेश श्रेष्ठ रहेका छन् ।

उनीहरुको साथबाट नगद १ लाख ६९ हजार ६ सय ९५ रुपैयाँ सहित १६ थान कौडा गोटी, एक बुङ तास, मोबाइल १६ थान, मोटरसाईकल १९ वटा र २ वटा कार पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

पक्राउ परेकाहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

 

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved