विजयपुरका सबै मन्दिरहरु मंसिर ६ गते सम्म बन्द

  • कार्तिक २६, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । जिल्ला प्रशासन कार्यालय सुनसरीले कार्तिक २४ गते देखि मंसिर ६ गते सम्म सबै मठमन्दिर तथा अन्य धार्मिक स्थलहरुमा निषेधाज्ञा जारी गरे पनि धरानका मठमन्दिरहरुमा भक्तजनहरुको भिड हुन थाले पछि धरानको वडा नम्बर १४ ले विजयपुर क्षेत्रका सबै शक्ति पीठहरु तथा मन्दिरहरुमा पुजा आजा बन्द गरिएको सुचना सार्वजनिक गरेको छ ।

प्रशासनले निषेधाज्ञा जारी गरे पनि धार्मिक स्थलहरुमा पुजाआजा गर्न भक्तजनहरुको भिड लाग्न थाले पछि वडा कार्यालय १४ ले इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी ज्ञानेन्द्र बस्नेतको प्रमुख आतिथ्यमा भएको वडाको बैठकमा प्रशासनको निर्णय पुर्णरुपमा पालना गराउन शक्ति पीठहरु तथा मन्दिरहरुमा पुजाआजा बन्द गरिएको सुचना जारी गरेको छ ।

वडा नम्बर १४ का वडाअध्यक्ष कृष्ण प्रसाद भट्टराईले सुचना जारी गर्दै कोभिड १९ को संक्रमण जोखिम बढी आम रुपमा फैलन सक्ने सम्भावनालाई मध्यनजर गरि मंसिर ६ गते सम्म वडाका सम्पुर्ण शक्ति पीठहरु तथा मन्दिरहरुमा दैनिकी नित्य नौमित्य पुजा बाहेक कुनै पनि किसिमको पुजा आजा बली लगायतका कार्यहरु पुर्ण रुपमा बन्द गरिएको सुचना जारी गरेको छ ।

उद्घोषणकला तालिम सम् ...

धरान/बेलका नगरपालिका वडा नं. ९ को आयोजनामा सञ्चालित पाँ ...

धरान मेघा हिमालयनमा ...

धरान/ धरान १२ मा अवस्थित मेघा हिमालयन कलेजले राष्ट ...

श्रीमतीलाई रडले घोचे ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–५ अन्न ...

ट्याक्टरसँग मोटरसाइक ...

झापा/ झापाको कनकाई नगरपालिका–५ तुलसीवारीस्थि ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved