अवैध रुपमा ल्याउदै गरेको विष्फोटक पदार्थ पटका सहित ४ जना पक्राउ

  • कार्तिक २१, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । अवैध रुपमा सुनसरीको दक्षिण क्षेत्रबाट ल्याउदै गरेको विष्फोटक पदार्थ पटका सहित प्रहरीले ४ जनालाई पक्राउ गरेको छ ।

सुनसरीको इटहरी उपमहानगरपालिका वडा नम्बर ८ स्थित पुष्पलाल चौकमा इलाका प्रहरी कार्यालय इटहरीबाट खटिइ गएको प्रहरीको टोलिले विहिबार ४ वटा बोरा भित्र ५६ बण्डल नागिन लेखिएको विष्फोटक पदार्थ पटाका फेला पारेको हो ।

रातको समयमा को २२ प ३००२ नम्बरको मोटरसाइकल र को १ ह ७२६० नम्बरको अटो टेम्पोलाई चेकजाँच गर्ने क्रममा पटाका बरामद गरिएको प्रहरीले जनाएको छ ।

पटाका ल्याउँदै गरेका इनरुवा नगरपालिका वडा नम्बर ९ बस्ने वर्ष २२ को मोटरसाइकल चालक सतम अन्सारी, हरिनगर गाउँपालिका २ का वर्ष २० का दिनेश राम, इटहरी १३ का वर्ष ३० का टेम्पो चालक रन्जित सरदार र इटहरी १२ की वर्ष ३२ की शान्ता कुमारी चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।

उनीहरुलाई सवारी साधन र पटका सहित विष्फोटक पदार्थ सम्बन्धि कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved