धनकुटामा नातिको कुटपिटबाट हजुरबुबाको मृत्यु

  • कार्तिक १, २०७७
  • "सन्तोष रुचाल"
alt प्रतीकात्मक तश्वीर

धनकुटा/ धनकुटाको सहिदभूमि गाउँपालिकामा नातिको कुटपिटबाट हजुरबुबाको मृत्यू भएको छ ।
सहिदभूमि गाउँपालिका–१ कोलबोटेका २७ बर्षीय अबिनास राईको कुटपिटबाट उनका ९० बर्षीय हजुरबुबा फत्तबहादुर राईको मृत्यू भएको हो । नातिको कुटपिटबाट गंम्भीर घाईते भएका फत्तबहादुरको उपचारको क्रममा मृत्यू भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका डिएसपी ध्रुव श्रेष्ठले बताए । मादक पदार्थ सेवन गरेका अबिनासले गत सोमबार हजुरबुबामाथि कुटपिट गरेका थिए ।

नातिको कुटपिटबाट मृत्तकको अनुहार सहित शरिरका विभिन्न भागमा चोट लागेको छ । कुटपिटबाट घाईते बृद्धलाई उपचारको लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । उपचारको क्रममा उनको धरानमा नै मृत्यू भएको प्रहरीले बताएको छ । धरान बस्दै आएका अबिनास केही महिना अघि मात्र गाउँ फर्किएका थिए ।

घटना पश्चात् अविनासलाई इलाका प्रहरी कार्यालय छिन्ताङको टोलीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय धनकुटामा ल्याइएको छ । कुटपिटको कारण अहिलेसम्म खुल्न सकेको छैन । अनुसन्धान जारी रहेको छ । कुटपिटबाट बृद्धको मृत्यू भएकाले अविनासलाई कानुन बमोजिम कारवाही प्रक्रिया अगाडी बढाईने डिएसपी श्रेष्ठले बताए ।

कोशी प्रदेशको पर्यटन ...

धरान/कोशी प्रदेशका सम्भावनायुक्त पर्यटकीय गन्तव्यहरूमा ...

६४ वर्षीय युक्ति चौध ...

धरान/बराहक्षेत्र नगरपालिका–८ तीनकुनेका ६४ वर्षीय ...

'अपरेशन सिन्दूर' शीर ...

काठमाडौं/  भारतीय सेनाले मे ७ मा पाकिस्तानका ...

चेक बाउन्ससम्बन्धी न ...

काठमाडौं/ चेक बाउन्ससम्बन्धी मुद्दामा अबदेखि सर्वसाधारण ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved