कोभिड अस्पतालको भेन्टिलेटर बिग्रे पछि अख्तियारको चासो

  • असोज २७, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । कोभिड अस्पतालमा ३ महिना अघि खरिद गरिएको भेन्टिलेटर बिग्रेका कारण बारे अख्तियारले अनुसन्धान शुरु गरेको छ ।
बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा रहेको कोभिड अस्पतालमा भेन्टिलेटर बिग्रेर थन्किए पछि अख्तियारले अनुसन्धान गरेको हो ।
सोमबार आयोगको इटहरी कार्यालयबाट आएको चार जनाको टोलीले अस्पताल निर्देशक डा। गौरिशंकर शाहलाई भेट गरी आवश्यक सोधपुछ गरेका थिए ।

कोरोना अस्पतालको भेन्टिलेटर खरिदमा भएका फायलहरु माग गरेको छ ।
अख्तियारले भेन्टिलेटर विग्रनुको कारण, कुन सप्लायर्सबाट, कुन प्रक्रियाबाट खरिद गरिएको हो रु कति वटा भेन्टिलेटरले काम नगरेको सोधपुछ गरेको छ । प्रतिष्ठानका उपकुलपति डा। ज्ञानेन्द्र गिरी एक साता यता काठमाडौंमा छन् ।
प्रतिष्ठानमा काम गर्न नसकेको भन्दै चर्को आलोचना खेप्दै आएका उनले स्वास्थ्यमन्त्री र प्रधानमन्त्री मिलाउन मेडिकल माफिया तथा नेकपाका नेताहरु गुहारिरहेको स्रोतको दावि छ ।

कोरोना अस्पतालको नाममा विना टेन्डर करिब २ करोड ५० लाख मूल्यका विभिन्न स्वास्थ्य सामग्री खरिद गरिएकोमा ती सबै प्रक्रियामा करारमा नियुक्त गरीएका स्वकीय सचिव दिलिप भट्टराईको संलग्नता छ । संघीय सरकार तथा प्रदेश सरकारको साँढे १२ करोड बजेटमा वीपी प्रतिष्ठानको हाताभित्र १ सय वेडको कोभिड–१९ अस्पताल निर्माण गरिएकोमा प्रयोग भएका कोरोना स्वास्थ्य सामग्री र उपकरणमा भ्रष्टाचार गरेको आरोप छ । अख्तियारको इटहरी कार्यालयमा समेत उजुरी परेपछि आयोगले अनुसन्धान गरीरहेको छ ।

भेन्टिलेटरको लागत अनुमान भन्दा १५ लाख महंगो पर्न गएको स्रोतको दावि छ ।

धरानकाे युएन नवोदयका ...

धरान/ कोशी प्रदेशकै अग्रणी शैक्षिक संस्थामध्ये एक ...

लागुऔषध मुद्दाका फरा ...

धरान/लागूऔषध मुद्दामा अदालतबाट तीन वर्ष कैद र दुई लाख र ...

श्रीलङ्का टापुमा कटा ...

बराहक्षेत्र/ सप्तकोशी नदीको नदी उकास क्षेत्रमा रहेको श् ...

धरानका दुई परिवार सव ...

इलाम / धरानका दुई परिवारसहित सवार बोलेरो इलाममा दुर्घटन ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved