इटहरी प्रहरीमा डिएसपी अर्जुनको सक्रियता: १५ दिनमा आधा दर्जन ठगिका नाइकेहरू पक्राउ

  • असोज २७, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

इटहरी । इलाका प्रहरी कार्यालय इटहरीमा नयाँ प्रहरी प्रमुख भएर कार्यभार सम्हाले लगत्तै डिएसपी अर्जुन केसीको सकृयता सफलता तर्फ उन्मुख भएको पाइएको छ । गएको १५ दिन भित्र ठगिमा संलग्न आधा दर्जन नामुद ठगहरूलाइ पक्राउ गर्न सफल भएसंगै इटहरीमा डिएसपी केसिको सकृियता बढेको हो ।

बाउन्स चेकमा ठगि गर्ने , इमोमा लाखौ रकम चिट्ठा परेको भन्दै सर्वसाधरणबाट रकम असुल्ने नाइके देखि चाडपर्वको मुखमा गुण्डागर्दि गर्दै हिडने सम्मलाइ पक्राउ गरी कानुनत कार्वाहिको प्रकृिया अघि बढाएपछि इटहरीमा डिएसपी केसीको चर्चा चुलिन थालेको छ ।

गएको एक साता भित्र मात्रै ठगिमा संलग्न ३ जनालाइ इटहरी प्रहरीले पक्राउ गरि कानुनत कार्वाहि प्रकृिया अघि बढाएको छ । सामाजिक सञ्जाल इमोमा लाखौ रकम चिट्ठा परेको भन्दै सर्वसाधरणबाट रकम असुल्ने सिराहा घर भएका अरबिन्द्र कुमार कामतीलाई गत २४ गते इटहरीबाट पक्राउ गरिएको छ ।

उनले यसअघि पनि सामाजिक सञ्जालको नाम गर्दै बिभिन्न शहरहरूमा ठगि गर्ने गरेको अनुसन्धानको क्रममा खुलेको इटहरी प्रहरीले जनाएको छ । उनलाइ २५ गते नै जिल्ला अदालतमा म्याद थप गरी आवश्यकिय अनुसन्धान थालीएको प्रहरीले बताएको छ ।
त्यस्तै बैंकिङ कसुर मुद्धामा फरार भएका इटहरी निवासी ४२ बर्षीय सरोज बुढाथोकी यसै साता प्रहरि फन्दामा परेका छन । बिगत ६ महिनादेखि प्रहरीले खोजि गरिरहेका बुढाथोकि गत २४ गते इटहरीबाटै पक्राउ परेका हुन । बैकिङ कसुर मुद्दामा उच्च अदालत बिराटनगरबाट बिस लाख जरिवाना हुने गरी फैसला भएकोमा हालसम्म फरार रहेका बुढाथोकी इटहरी ६ पश्चिम स्टेण्डबाट गत शनिबार पक्राउ परेका हुन । उनलाइ आइतबार नै जिल्ला अदालत सुनसरीमा दाखिला गराइएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

कोशी प्रदेशको पर्यटन ...

धरान/कोशी प्रदेशका सम्भावनायुक्त पर्यटकीय गन्तव्यहरूमा ...

६४ वर्षीय युक्ति चौध ...

धरान/बराहक्षेत्र नगरपालिका–८ तीनकुनेका ६४ वर्षीय ...

'अपरेशन सिन्दूर' शीर ...

काठमाडौं/  भारतीय सेनाले मे ७ मा पाकिस्तानका ...

चेक बाउन्ससम्बन्धी न ...

काठमाडौं/ चेक बाउन्ससम्बन्धी मुद्दामा अबदेखि सर्वसाधारण ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved