लकडाउन विकल्प होइन्, भिड कम गर्न बजारलाई विस्तारीकरण गर्नुपर्छ

  • असोज २७, २०७७
  • "संजोगबाबु दाहाल"
alt

धरान । समुदाय स्तरमा संक्रमणको जोखिम बढ्दै गर्दा एकातिर पुनः लकडाउन गर्ने कि प्रश्न उठिरहेको छ भने अर्को तिर भर्खरै उठ्दै गरेको व्यापार व्यवसाय धरायसी हुन नदिन खुल्लै राख्ने चर्चा चलिरहेको छ ।

सरकारले पहिलो चरणमा घोषणा गरेको लकडाउन खुल्ला भए पछि कोरोनाको संक्रमणको दर पनि बढ्दै गएको हो । दोस्रो चरणमा लकडाउन घोषणा भए पछि केही मात्रामा घटेको देखिए पनि लकडाउन खुल्ला भए पछि अहिले कोरोनाको संख्या ह्वातै बढेको छ ।

लामो समयको बन्दका कारण निराश भएका नागरिकमा संक्रमणको त्रासको कमि देखिदै गएकाले स्वास्थ्यका मापदण्ड पालना नगर्दा संक्रमणको दर बढ्दै गएको सरोकारवालाहरु बताउदै आएका छन् । चाडपर्व नजिकदै गएका बेला फेरी बन्द हुने डरले जनस्तरमा पनि त्रास उत्पन्न भएको छ ।

समुदाय स्तरमा भयावह अबस्था उत्पन्न हुन सक्ने र अस्पतालमा आवश्यक वेडको अभाव बढ्दै गएपछि विपी प्रतिष्ठानका चिकित्सकहरुले पनि स्थानीय तहका जनप्रतिनिधि तथा प्रमुख जिल्ला अधिकारी समक्ष लकडाउन गर्न अनुरोध गरेका थिए ।
चाडपर्व नजिकदै गएकाले लकडाउनको विकल्प खोज्नु पर्ने व्यापारीहरुको सुझाव छ । लामो समयको लकडाउन पछि व्यापार व्यवसाय बल्ल सञ्चालनमा आएको कारण लकडाउनको विकल्प खोज्नु पर्ने उनीहरु बताउँछन् ।

महेन्द्र बहुमुखी क्यामपस धरानका अर्थशास्त्रका प्राध्यापक डा. राजेन्द्र शर्मा भिडभाड कम गर्न केन्द्रिकृत बजारलाई विकेन्द्रीकरण गर्नु पर्ने सुझाव दिन्छन् । उनले भने, लकडाउन गर्ने भन्दा पनि भिड भाड ज्यादा हुने बजार क्षेत्रलाई बिस्तारीकरण गर्नु पर्छ , जस्तो कि भानुचोकमा रहेका सब्जी बजार जस्तो बजारलाई प्रत्येक वडा वडामा छर्नु पर्छ, प्रोत्साहित गरौं, जसले गर्दा मानिसहरु तरकारी किन्न एउटा वडाको मानिस अर्काे वडामा जानु नपरोस त्यसो गर्दा भिडभाडमा कमि आउछ ।’
आम नागरिकमा अझै पनि सचेतनाको आवश्यक्ता रहेको उनको भनाई छ । नागरिकलाई सामाजिक दुरी, अनलाईन शिक्षाका विषयमा सचेतना फैलाउन आवश्यक रहेको उनी बताउँछन् । उनले भने, सामाजिक दुरी भनेको के हो, अनलाईन शिक्षा भनेको के हो, यसको बारेमा सबै मानिस जानकार छैन्न, त्यस्ता मानिसलाई ज्ञान दिने, बित्तिय सेवाको कुरामा पटक पटक अनलाईन प्रणाली मार्फत कारेबार गर्न भनिएको छ, सबैको त्यो अनुसारको ज्ञान पहुँच नहुन सक्छ त्यसको लागि धरानमा रहेका बैंकहरुलाई २ भागमा बिभाजन गरेर समय निर्धारण गरिदिए भिडभाड कम गर्न सक्छौं ।’ अब लकडाउन गरिए व्यापारी, व्यवसायीहरु बिद्रोहमा उत्रने खतरा हुने उनको भनाई छ ।

यता धरानका पर्यटन व्यवसायी बासुदेव बराल भने लकडाउन नै उत्तम उपाय भएको बताउँछन् । उनी भन्छन्, ‘अन्य विकल्प धेरै प्रयोग गर्याैं, जस्तै कन्ट्याक ट्रेसिङ, अहिले कोरोना समुदाय स्तरमा गइसकेको छ, मानिसहरु कोभिड बोकेर हिडिरहेका छन्, कोरोना पुष्टि भएका मानिसहरु पनि बजारमा हिडिरहेका छन्, त्यसले झन जोखिम बढाईरहको छ ।’

यसको रोकथामका लागि १४ दिनको टाइट लकडाउन गर्यो भने बढ्दो क्रमलाई घटाउन सकिने उनको सुझाव छ । यत्तिकै छाडिए महामारीको रुप लिन सक्ने उनको भनाई छ । प्रत्येक दुई महिनामा १५ दिन जती लकडाउन गर्नु नै उत्तम हुने उनको धारणा छ ।
यस्तै विपी कोइरला स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रा. डा. पशुपति चौधरी समुदाय स्तरमा फैलिसकेको संक्रमण लकडाउन गर्दा घट्छ भन्नु मुर्खता हुने बताउँछन् । इमिन्युटी पावर कम भएका बालबालिका, वृद्धवृद्धाहरुलाई बाहिर हिडडुल गर्न नदिने, पोसीलो खानेकुरा खाने, साबुनपानीले हात धुने, सामाजिक दुरी कायम गर्दै माक्स प्रयोग नियमित गर्ने व्यक्तिगत चरित्र बनाएको अवश्थामा कोरोना नियन्त्रण गर्न सकिने उनको भनाई छ । उनले भने, ‘समुदायस्तरले गर्ने भनेको मानिसलाई जागरुक बनाउने, पोषिलो खानेकुरा खान नपाइरहेका हरुलाई खान उपलब्ध गर्ने हो भने नियन्त्रणमा ल्याउन सकिन्छ ।’

कोरोनाको उपचार नभएकाले सरकारले आबश्यक क्वारेन्टाइन, आइसोलेसनको ब्यबस्था सरकारले गरिदिनुपर्ने उनी बताउँछन् । उनले भने, ‘साधारणतय एउटा मानिसको घरमा ५ देखि ६ जनाको परीवार हुन्छ त्यस्तो अबस्थामा त होम क्वारेन्टाइन त्यती उपयुक्त नहुन सक्छ तसर्थ सरकारले यता तिर पनि ध्यान दिनु पर्छ ।’

सुच्चा राईको कुल पूज ...

धरान/  किरात राई समुदायले वैशाख पूर्णिमादेखि ...

मनसुनअघि झापा–लौकही ...

झापा/ झापाको काँकडभिट्टादेखि सुनसरीको लौकहीसम्म पूर्वपश ...

३२ औँ मदन–आश्रित स्म ...

काठमाडौं/ नेपाल कम्युनिस्ट पार्टी (एमाले) का दिवंगत नेत ...

धरानमा दुर्व्यसन विर ...

धरान/ दुर्व्यसनविरुद्ध सचेतना फैलाउने उद्देश्यले श ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved