इक्सा अभिनित म्युजिक भिडियो ‘ज्यानै हाजिर भो’ सार्वजनिक

  • असोज ११, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । धरानबाट मोडलिङ यात्रा शुरू गरेकी इक्सा मादेन अभिनित म्युजिक भिडियो सार्वजनिक भएको छ ।

मुन्धुमी गायक ब्रबिन शेमा ‘चेसुङ’ र गायिका सीता सिङ्घकको ‘ज्यानै हाजिर भो’ गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो । मदन पुरस्कार बिजेता कवि राजन मुकारुङको शब्द र सङ्गीत रहेको गीतको भिडियो ओरिजिन नेपाल नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।
मनदेखि लगाएको माया कति अमर हुन्छ भन्ने आशय बोकेको भिडियोमा विगतका दिनहरूलाई सम्झी प्रदेश गएको प्रेमी आउने बाटो हेर्दाहेर्दा वर्षौं बितेको तर माया कहिले नघटेको कुरा देख्न सकिन्छ । भिडियोमा प्रेमको परिभाषा के हो भन्ने देखाउन खोजिएको छ । भिडियोलाई पाँचथरको लब्रेकुटी आसपासका क्षेत्रमा भुपेन्द्र तुम्वाहाङ्फेले छायाङ्कन गरेका हुन् । मोडल इक्सा मादेन, पुष्पा लिम्बू र गायक शेर्माको मुख्य भूमिका रहेको गीति भिडियोको निर्देशन किरण चाम्लिङ राईले गरेका हुन् ।

गीतको शब्द संगीतले पनि लिम्बू सांस्कृतिक मौलिकता प्रस्तुत गरेको छ । इक्सा मिस पूर्वाञ्चलकी फस्ट रनरअप तथा मिस ग्रान्ड नेपालकी पनि फस्टरनरअप हुन् । उनी आरजे र उदघोषक पनि हुन् ।

दनुवार समुदायकी भिम ...

धरान/ साङ्गीतिक प्रतिभालाई उजागर गर्ने उद्देश्यले ...

वीपी प्रतिष्ठान छाता ...

काठमाण्डौं/ पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री त ...

नवोदयमा विद्यालय स्त ...

धरान/ नवोदय विद्या मन्दिर, धरान–१६ मा शुक्रब ...

साँझ साढे ५ बजे सार् ...

काठमाडौँ/ माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved