१ नं. प्रदेश स्तरीय वक्तृत्वकला प्रतियोगिता हुने

  • भदौ २६, २०७७
  • "भगीरथ भण्डारी"
alt

इलाम / विपदमा वालवालि अधिकारको सुनिश्चितता, हामि सवैको साझा प्रतिबद्घता भन्ने मूल नाराका साथ कोरोना भाईरसले वालवालिकामा पारेको असर र सरोकारवालाको भूमिका विषयमा रेर प्रदेश स्तरीय वक्तित्वकला प्रतियोगिता हुनेभएको छ ।

कोरोना भइरस संक्रमणको कारण लामो समयदेखि विद्यालय सञ्चालन नभएको समयमा राष्ट्रिय बाल दिवसको अवसर पारेर प्रदेश स्तरीय वक्तित्वकला प्रतियोगिता हुने भएको हो । भर्जुल माध्यमबाट नेपालि भाषामा हुने प्रतियोगितामा प्रदेश एकका १४ जिल्लाका १४ जना सहभागि हुनेछन । प्रतियोगितामा प्रथम हुनेले नगद १५ हजार, द्वितीयले नगद १० हजार रतितृय हुनेले नगद ५ हजार रुपैयाँ र प्रमाणपत्र पाउने छन ।

प्रदेश स्तरीय प्रतियोगिताका लागि १४ जिल्लाका दुई सय आठ जनाबाट १४ जना छनोट भएका हुन । जसमा प्रत्येक जिल्लाका एक एक जन सहभागि रहेका छन । जिल्ला स्तरीय प्रतियोगितामा ताप्लेजुङका ९, पाँचथरका २०, इलामका २६, झापाका २५, मोरङका ९, सुनसरीका १५, धनकुटाका १२, तेह्रथुमका २३, संखुवासभाका १२, भोजपुरका १० ओखलढुङ्गाका १०, सोलुखुम्बुका ९, उदयपुरका १८ खोटाङका १० जना गरी जम्मा २ सय आठ जना रहेका थिए । जिल्ला प्रतियोगिताबाट प्रथम भएका प्रदेश स्तरीय प्रतियोगितामा भाग लिने मानव अधिकार मञ्च नेपाल इलामले जनाएको छ ।

यो प्रतियोगिताले विद्यार्थि आफैमा भएको प्रतिभाको खोजि गर्न, सीपको विकास गरेर समाज, घर परिवारसँग बाल संरक्षणका लागि समाजलाई एक्बद्धता दिलाउन सहयोग पुग्ने अपेक्षा रहेको कार्यक्रम संयोजक रूद्र थेबेले बताए ।

प्रतियोगितामा वक्ताले जम्मा पाँच मिनेटको समय पाउने छन । जसको निर्णयकको लागि आयोजक संथाबाट एक, प्रदेश एकको सामाजिक मन्त्रालयबाट एक र वालअधिकारको क्षेत्रमा काम गर्ने एक जना रहने आयोजकको भनाइ छ । प्रतियोगितामा १२ वर्ष देखि १८ वर्षसम्मका विद्याथिले सहभागि जनाउने छन ।

प्रदेशस्तरीय एसईई आइ ...

सुनसरी/ धरानमा सम्पन्न एसईई आइडल सिजन ५ मा प्रदेशभरिबाट ...

वैदेशिक रोजगारबाट फर ...

धरान/  वैदेशिक रोजगारबाट फर्किएपछि सुनसरीको ब ...

रामधुनीमा प्रेशर कुक ...

इटहरी/  सुनसरीको रामधुनी नगरपालिका–४ रा ...

नेपाल आज हङकङसँग भिड ...

काठमाडौं/आइसीसी महिला टी–२० विश्वकप एसिया छनोट अन ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved