धरानमा १ सय ९७ जनामा कोरोना पुष्टि, ८५ जना निको भएर घर फर्किए

  • भदौ १८, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । बुधबार साँझ १७ जना सहित विहिबार बिहान भेटिएका २ जना गरि धरानमा चौबिस घण्टामा १९ जनामा थप कोरोना संक्रमण पुष्टि भएको छ ।

धरानमा बुधवार साँझ ११ जना फुस्रे क्याम्पका नेपाली सेना र ५ जना भारतीय सेना सहित १७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने विहिरबार दुई जनामा कोरोना संक्रमण पुष्टि भएको धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहेताले बताए । उनका अनुसार बुधबार पुष्टि भएका कोरोना संक्रमितहरुको भदौ १५ गते एन्फा क्वारेनटाइनमा पिसिआर परिक्षण गरिएको थियो । ९३ जनाको पिसिआर परीक्षणमा १७ जनाको रिपोर्ट पोजिटिभ आएको थियो ।

यसै गरी धरान ११ को किसान पथ निवासी एक जना ५७ बर्षीया महिलाको पनि कोरोना पोजेटिभ रिपोर्ट आएको छ । उनको स्वास्थ्यमा सामान्य समस्या देखिएपछि एन्फा क्वारेनटाइनमा गएर उनले स्वाब दिएका थिए ।

विहिबार बिहान आएको रिपोर्ट अनुसार धरान १७ को कन्ट्याक ट्रेसिङ गर्दा धरान १६ की एक ३३ बर्षीया महिलामा संक्रमण पुष्टि भएको छ भने धरान १७ की २२ बर्षीया युवतीमा पनि संक्रमण पुष्टि भएको छ । योसँगै धरानमा कुल संक्रमितको संख्या १ सय ९७ पुगेको पनि मेहताले जानकारी दिए । अहिले सम्म निको भएर घर फर्किने ८५ जना रहेका छन् । त्यस मध्ये ७० जना अस्पतालबाट निको भएका छन् भने १५ जना होम आइसोलेसनमै बसेका निको भएका हुन् ।

सन्देश र बबिनाको तिह ...

 धरान/ नेपालीहरूको दोस्रो ठूलो पर्व तिहार नजिकिँदै ...

तमोर करिडोरको नावा ख ...

धरान/ अविरल वर्षाका कारण आएको बाढीले तमोर करिडोरअन ...

धरानका युवक चढेको मो ...

बारा/ बाराको जितपुर सिमरामा डिजेल बोकेको ट्यांकर, ...

पुस ९ गतेदेखि हिबिस् ...

धरान/ धरान–१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुल ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved