धरानकी बिलम राई देशव्यापी वक्तृत्व कला प्रतियोगितामा प्रथम " जुम प्रविधिमा भर्चुअल कार्यक्रम संपन्न"

  • भदौ १८, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । देशव्यापी अनलाइन वक्तृत्वकला प्रतियोगितामा धरान १७ की बिलम चाम्लिङ राई प्रथम भएकी छन् । किरात राई विद्यार्थी संघ केन्द्रीय समिति द्धारा २२ औ स्थापना दिवसको अवसरमा आयोजित ‘मातृ भाषामा शिक्षा विषयक’ देशव्यापी वक्तउत्वकला प्रतियोगितामा राई विजेता भएकी हुन ।

किरात राई यायोक्खाको भातृ संगठनको रुपमा रहेको संघको भदौं १७ गते २२ औं स्थापना दिवस रहेको थियो । प्रतियोगिता विजेता राइले पुरस्कार स्वरुप नगद तिस हजार रुपैया र प्रमाण पत्र प्राप्त गर्नेछिन । प्रतियोगिताका लागी विजेता राईले सांस्कृतिक पहिरनमा प्रस्तुत भई मातृ भाषामा शिक्षा विषयक विषयमा ५ मिनेट ११ सेकेन्ड लामो प्रस्तुती दिएकी थिईन । धरानको डिपो उच्च माविमा स्नातक दोश्रो वर्षमा अध्ययनरत राईले यसअघि २०१७ मा मिस प्लस टुमा फस्ट रनर अप हुँदै मिस डिसिप्लिनको उपाधी समेत जितेकी थिइन ।

प्रतियोगितामा अनिता माझी दोस्रो र छिरिङ शेर्पा तेस्रो भएका छन् । दोस्रो र तेस्रो हुनेले जनही नगद २० हजार, १० हजार रुपैया र प्रमाणपत्र पुरस्कार प्राप्त गर्नेछन । त्यसैगरी सुजन विष्ट, संगीता राई र दिवस लोहोरुङ राई सान्त्वना भएका छन् । जुनियर सहभागिको रुपमा कक्षा सात पढ्दै गरेकी दिव्या राई तथा फरक क्षमता भएका (अपाङ्गता) उत्तम लावती लिम्बू पनि पुरस्कृत हुने भएका छन् ।

सान्वता तीनै जनालाई ५ हजारको दरले तथा जुनियर सहभागित तथा फरक क्षमता भएका प्रतियोगितहरुलाई तीन हजारको दरले नगद तथा प्रमाणपत्र प्रदान गरिने आयोजक किरावि संघको केन्द्रीय अध्यक्ष जितेन राईले बताए ।

प्रतियोगिता देशभरबाट १ सय ९ जना सहभागि भएको निर्णयक समितिको संयोजक डा. तारामणी राईले जानकारी गराए । निर्णय सार्वजनिक गर्ने क्रममा प्रतियोगितामा पूर्व मेचीदेखि महाकाली सम्मबाट सहभागि भएको जनाउदै देश ब्यापी र बिषय सान्दर्भीक भएको डा. राईले बताए । प्रतियोगितामा बिषय बस्तु, भेषभुषा, हाउभाउ लगायतको बिषय समेटेर निर्णय गरिएको निर्णायक खिलराज राईले बताए । प्रतियोगिताको लागि सहभागिहरुबाट ५ मिनेटको भिजुअल मगाइएको थियो । उक्त भिजुअल हेरेर पाँच जना निर्णायकहरुले सर्वसहमत निर्णय गरेका थिए ।

जुम प्रविधिमा भर्चुअल कार्यक्रम

प्रतियोगिताको नतिजा सार्वजनिकसँगै जुम प्रविधिमा भर्चुअल कार्यक्रम संपन्न भएको थियो । किरात राई यायोक्खा केन्द्रीय अध्यक्ष दिवस राईको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा भाषा आयोगको मातृभाषा विभाग प्रमुख डा. लोकबहादुर लोप्चान, भाषाविद अमृत योञ्जनले मातृ भाषा पठन पाठनको महत्व बारे प्रशिक्षण दिएका थिए ।

प्रदेशस्तरीय एसईई आइ ...

सुनसरी/ धरानमा सम्पन्न एसईई आइडल सिजन ५ मा प्रदेशभरिबाट ...

वैदेशिक रोजगारबाट फर ...

धरान/  वैदेशिक रोजगारबाट फर्किएपछि सुनसरीको ब ...

रामधुनीमा प्रेशर कुक ...

इटहरी/  सुनसरीको रामधुनी नगरपालिका–४ रा ...

नेपाल आज हङकङसँग भिड ...

काठमाडौं/आइसीसी महिला टी–२० विश्वकप एसिया छनोट अन ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved