बिना इजाजतका औषधी सहित ३ जना पक्राउ

  • भदौ १७, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । बिना इजाजतको औषधीहरु नेपाल भित्र्याउने समुह सहित औषधीहरु जिल्ला प्रहरी कार्यालय सुनसरीले पक्राउ गरेको छ ।
भदौ १७ गते बुधबार जिल्ला प्रहरी कार्यालय सुनसरीको टोलिले हरिनगर गाउँपालिका वडा नम्बर २ स्थित भुटाहा सिसुवा धरमपुर सडक खण्डमा ३ जनाको समुह सहित औषधी पक्राउ गरेको हो ।

विशेष सुचनाको आधारमा खटिएको प्रहरीको टोलिले हरिनगर गाउँपालिका वडा नम्बर १ बस्ने वर्ष ३७ का अख्तर मिया, सोही स्थान बस्ने वर्ष २२ का एहरमान अंसारी र वर्ष ३२ का मुख्तर आलमलाई पक्राउ गरेको छ ।

प्रहरीले अख्तर मियाँले बोकेको प्लाष्टिकको बोरा भित्र निमोस पि १ सय ४९ पत्ता, भाइबल ४ सय ९८ पत्ता,जेनेग्रा रेड १०० लेखिएको औषधी २ सय पत्ता, स्पास्मोप्रोक्सीभोन ८ ट्याब्लेट र निट्राभेट १० ४ पत्ता पक्राउ गरेको छ ।

त्यसै गरि एहसान अंन्सारीले बोकेको लाबोट सिरिन्ज इन्जेक्सन ४३ थान, पुरुष जिवन क्याप्सुल २ बट्टामा १२ पत्ता, डेर्मीकेमोक १ सय ९५ थान मलम, सेटसोल २ सय पत्ता, पान्टोप्राजोल ग्यास्ट्रो रेसिस्टेन्ट पि ४० डिएसआर ७९ पत्ता, एक्लोरलाम्स्प १ सय ४० पत्रा, जेनेग्रा रेड १०० को १ सय पत्ता, पि ४० डि ३ सय ५९ पत्ता र केटि फाइभ डेर्मक्रिम ८४ वटा पक्राउ गरेको छ ।

पक्राउ परेको ३ जना सहित औषधीहरु आवश्यक कारवाहीका लागि औषधी विभाग विराटनगर पठाइएको जनाएको छ ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved