हतियार देखाएर विराटनगरमा व्यापारीसंग चन्दा असुल्ने गिरोह पक्राउ

  • भदौ १७, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

विराटनगर । हतियार देखाउँदै धाकधम्की दिएर रकम असुल्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।
गिरोहले विराटनगरका व्यापारीसँग रकम असुल्ने प्रहरी अनुसन्धानबाट खुलेको हो । मोरङ प्रहरीले पक्राउ गरेको गिरोहका सदस्यलाई बुधबार सार्वजनिक गरेको छ । मोरङ प्रहरी प्रवक्ता डिएसपी मानबहादुर राईले गिरोहको अपराधको विषयमा थप अनुन्धान भइरहेको बताएका छन ।

गिरोहका सदस्यले व्यापारीसँग पैसा माग्ने र नदिए हतियार देखाएर धम्की दिने गरेका थिए । मुख्य नाइके अभिषेश राय भएको बताइएको छ । उनले गत असारमा एक व्यापारीसंग १० लाख रुपैयाँ चन्दा मागेका थिए । दुई पटकमा ५ लाख रूपैयाँ दिएको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ ।

प्रहरीले भदौ १६ गते कटहरी–२ आदर्शनगरका २८ वर्षीय एलेक्स भन्ने रविन शर्माको घरबाट एकथान पेस्तोल बरामद गरी उनलाई पक्राउ गरेको थियो । त्यसपछि गिरोहबारे प्रहरीले थप व्यक्तिहरुलाई पक्राउ गरेको हो ।

गिरोहमा रहेका भारत सितामणी घर भई विराटनगर जलजला मोडको चाइना बजारमा कामदार गर्ने २७ वर्षीय राजु साह, कटहरी २ का २६ वर्षीय किसन साह, २७ वर्षीय अभिषेक राय, सप्तरीको बोदेबसाईन नगरपालिका ८ बस्ने २७ वर्षीय नन्दु भन्ने नन्दकिशोर साह पक्राउ परेका छन ।

भारतीय नागरिक राजुलाई रेम्बो गल्लीबाट, किसनलाई देवकोटा चौकबाट, अभिषेकलाई विराटनगर ३ मा बस्दै आएका नन्दकिशोरको कोठाबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

दोस्रा व्यक्तिबाट फेरि चन्दा माग्ने क्रममा उनीहरु पक्राउ परेका हुन । सबैलाई ‘हातहतियार खरखजना, अपराधिक लाभ, चोरी तथा संगठित अपराध’ मुद्दामा म्याद थप गरिएको छ ।

९७ हजार २ सय २० रुपैयाँ नगद, विभिन्न कम्पनीको १६ थान मोवाइल, २ थान भारतीय बैंकको चेक, घटनामा प्रयोग भएको तीन थान मोटरसाइकल र १ थान चक्कु बरामद गरेको छ ।

कोशी प्रदेशको पर्यटन ...

धरान/कोशी प्रदेशका सम्भावनायुक्त पर्यटकीय गन्तव्यहरूमा ...

६४ वर्षीय युक्ति चौध ...

धरान/बराहक्षेत्र नगरपालिका–८ तीनकुनेका ६४ वर्षीय ...

'अपरेशन सिन्दूर' शीर ...

काठमाडौं/  भारतीय सेनाले मे ७ मा पाकिस्तानका ...

चेक बाउन्ससम्बन्धी न ...

काठमाडौं/ चेक बाउन्ससम्बन्धी मुद्दामा अबदेखि सर्वसाधारण ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved