रुख काट्न निर्देशन दिएको आरोप लागेका मेयरले भने, ‘आरोप निराधार हो’ (विज्ञप्ती सहित)

  • भदौ १६, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । सामुदायिक वनको सखुवाको रुख काट्न निर्देशन दिएको आरोप लागेका धरान उपमहानगरपालिकाका मेयर तिलक राईले आरोप निराधार रहेको प्रष्ट्याएका छन् ।

केही दिन अघि मेयर राईको उपस्थिती र निर्देशनमा धरान २० स्थित भालुढुङगा सामुदायिक वन उपभोक्ता समुहको वन क्षेत्रमा रहेको सखुवाको रुख काट्न लगाएको आरोप लागेको थियो । उनले मंगलबार प्रेस विज्ञप्ती जारी गर्दै घटनामा कुनै पनि संलग्नता नरहेको प्रष्ट पारेका छन् । उनले विज्ञप्ती मार्फत पुर्वाग्रही ढंगले घटनामा आफुलाई मुछेको बताएका छन् ।

धरान उपमहानगरपालिकाको नगर प्रमुखको सचिवालय मार्फत जारी गरिएको विज्ञप्तीमा लेखिएको छ, ’कोरोना महामारी नियन्त्रणकोलागी अघि बढिरहेको बेला धरान(२० स्थित भालुढुङ्गा सामुदायिक वन भित्रको रूखकाटिएको घटनामा मेरो संलग्नता र निर्देशनमा कोषाध्यक्ष भीम बस्नेतको उपस्थितिमा उक्त रुख काटिएको भन्ने कुरा र समाचार भ्रामक र कपोकल्पित हो भन्ने कुरा स्पष्ट पार्न चाहन्छु ।’

मेयर राईले आफ्नो र वन समुहका कोषाध्यक्ष भिम बस्नेतको घर छिमेकी भएकोले भेटघाट हुनु सामान्य भएको उल्लेख गरेका छन् । विज्ञप्तीमा भनिएको छ, ‘तर, यो सन्दर्भमा आरोप लगाएजस्तो हामी वन क्षेत्र गएको पनि छैनौं, रुख काट्ने कुरा भएको पनि छैन, र हाम्रो उपस्थिति र संलग्नता पनि नरहेको स्पष्ट पार्न चाहन्छौं ।’

लामो समय देखि सामुदायिक वन उपभोक्ता समुहको अधिवेशन हुन नसकेकाले चाडो भन्दा चाडो अधिवेसन गर्न पनि उनले आग्रह गरेका छन् । आफ्नो व्यक्तिगत र पारिवारिक आग्रह पुर्वाग्रहलाई समेत आजैका मितिबाट त्याग्न समेत उनले अनुरोध गरेका छन् । उनले नगरप्रमुखको हैसियतले सदैव नगरको विकाशमा बफादारिता साथ रहि रहने पनि प्रतिबद्धता जनाएका छन् ।

धरानको एम्स कलेज,किन ...

धरान/ धरान उमहानगरपालिका वडा नम्बर १२ स्थित चतराला ...

विद्यार्थी–अभिभावकको ...

धरान मेघा कलेज स्थापनाको छोटो समयमै यस क्षेत्रका विद्या ...

विष्णुले फेरी इतिहाँ ...

धरान । सुनसरीको धरानमा रहेको विष्णु मेमोरियल माविले यस ...

विष्णुले फेरी इतिहाँ ...

धरान । सुनसरीको धरानमा रहेको विष्णु मेमोरियल माविले यस ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved