शंकास्पद मृत्यु भएका धरान ११ का वृद्धमा कोरोना पोजिटिभ पुष्टि

  • भदौ १६, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । कोरोनाको आशङ्का गरिएका सोमबार राती मृत्यु भएका धरान ११ का ६५ वर्षिय वृद्ध मा कोरोना पोजिटिभ पुष्टि भएको छ । सोमबार राती घरमै मृत्यु भएका वृद्ध मा ज्वरो र निमोनिया देखिएकोले आज विहानै धरान उपमहानगरपालिका स्वास्थ महाशाखाको टोलीले मृतकको स्वाब संकलन गरेको थियो। उनको पिसिआर रिपोर्ट मंगलबार ११ बजे पोजिटिभ पुष्टि भएको हो ।
 
मंगलबारे चोकदेखी विष्णुपादुका जाने बाटोमा रहेको भानु मार्गमा डेरा गरी बस्ने उनको हिजो साढे ६ बजेको समयमा मृत्यु भएको थियो । कोरोनाको लक्षण देखिँदा पनि उनी गाउँ मा डुल्ने गरेका थिए । त्यसैले वडाबासी त्रसित बनेका छन । संक्रमितको मृत्यु घरमै भएकाले उनको शब कसरी ब्यबस्थापन गर्ने भन्ने बिषय चुनौतीपूर्ण बनेको छ ।
 
अस्पतालमा मृत्यु भएका कोरोना संक्रमितलाइ अस्पतालले नै ब्यबस्थापन गर्छ तर वृद्ध को मृत्यु घरमै भएकाले ब्यबस्थापन गर्न समस्या भएको छ । वृद्ध आफ्नो भाइको परिवारसंग बस्दै आएका छन । उनको भाइको परिवारमा श्रीमती र २ जना बालबालिका रहेका छन् ।

मिसेस स्टेट २०२५ का ...

धरान/ विवाहित महिलाहरुलाई लक्षित मिसेस स्टेट, कोशि प्रद ...

धरान र झापाबाट ब्राउ ...

विराटनगर/ धरान र झापा क्षेत्रबाट प्रहरीले लागू औषध ...

“एस.ई.ई. स्पिकर–२०८१ ...

धरान/ माध्यमिक शिक्षा परीक्षा (एस.ई.ई.) दिएर बसेका ...

धरान सहित कोशीमा जमि ...

सुनसरी/ कोशी प्रदेशको राजधानी विराटनगरमा जमिन भासि ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved