बन समुहको सखुवा काट्न निर्देशन दिएको आरोपमा धरानका मेयरलाइ कार्बाही माग गर्दै निबेदन

  • भदौ १५, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । सामुदायिक बनको सखुवाको रुख काट्न निर्देशन दिएको आरोप लागेका धरान उपमहानगरपालिकाका मेयर तिलक राई लाई धरान २० स्थित भालढुंगा सामुदायिक वन उपभोक्ता समुहले कार्बाही को माग गरेको छ ।
काँचो सखुवाको रूख काटेको व्यक्ति उपर कारवाहीको माग सहित उपभोत्ता समुहले इलाका वन सब डिभिजन कार्यालयमा निवेदन दिएको छ ।

भालढुंगा सामुदायिक वन द्वारा संरक्षित वन क्षेत्रमा विना सूचना ढुंगे पानी भन्ने ठाँउमा अन्दाजी २ सय ५० किवी आउने सालको रूख काट्न मेयरले निर्देशन दिएको आरोप लगाउदै उपभोक्ता समुहले कार्बाही को माग गरेको छ ।
इलाका बन डिभिजन कार्यलय धरानमा बुझाएको माग पत्रमा मेयर राईको निर्देशन र प्रत्यक्ष उपस्थितीमा दुईवटा विधुतिय आरा प्रयोग गरी व्यक्तिगत प्रयोजनका लागी वा कुनै नियतले निकासी गर्ने तयारी गरीरहेको अवस्था वनको उपभोक्ताहरूले फेला पारेको उल्लेख छ ।

वनका अध्यक्ष बुद्धिमान तामाङ द्वारा हस्ताक्षरीत पत्रमा मेयर राई सहित कटानमा संलग्न अन्यलाइ पनि कारबाही गर्न माग गरेको छ । इलाका सब डिभिजन वन कार्यालय विष्णुपादुकाका प्रमुख राजेन्द्रप्रसाद यादव, रेञ्जर इश्वरी बास्तोला, सशस्त्र वन रक्षक सहितको टोली स्थलगत अध्ययन पनि गरेका छन ।

कोशी प्रदेशको पर्यटन ...

धरान/कोशी प्रदेशका सम्भावनायुक्त पर्यटकीय गन्तव्यहरूमा ...

६४ वर्षीय युक्ति चौध ...

धरान/बराहक्षेत्र नगरपालिका–८ तीनकुनेका ६४ वर्षीय ...

'अपरेशन सिन्दूर' शीर ...

काठमाडौं/  भारतीय सेनाले मे ७ मा पाकिस्तानका ...

चेक बाउन्ससम्बन्धी न ...

काठमाडौं/ चेक बाउन्ससम्बन्धी मुद्दामा अबदेखि सर्वसाधारण ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved