पिसिआर रिपोर्ट पर्खिनु पर्दैन, सुरक्षा अपनाएर काम गरे कोरोना सर्दैन " सिनियरको लापरवाहीले डायलासिसमा कारोना"

  • भदौ १५, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । कोरोनाको जोखिम बढ्दै गएको अवश्थामा पनि धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकले पिसिआर रिपोर्ट आउनु अगावै एक बिरामीको शल्यक्रिया गरेर ज्यान बचाएका छन् ।
प्रतिष्ठानको युरोलोजि विभागले प्रोस्टेडको समस्या भएका मोरङका ७८ वर्षिय वृद्धको शल्यक्रिया गरेर उनको ज्यान बचाएका हुन् । युरोलोजी विभागका डा. सुधिर सिंहको टोलिले उनको शल्यक्रिया गरेका थिए ।

कोरोनाको जोखिम बढ्दै गए पछि अस्पतालमा आउने बिरामीको पिसिआर रिपोर्ट आए पछि मात्रै थप उपचार गर्ने गरिन्छ, तर प्रोस्टेडको समस्या लिएर आएका बिरामीको ७ घण्टा देखि पिसाब रोकिएका कारण रिपोर्ट आउनु अगावै नै शल्यक्रिया गरेको थियो । शल्यक्रिया गरे पनि बिरामीको पिसिआर रिपोर्ट गरिएको थियो । उनको रिपोर्ट कोरोना पोजिटिभ आएको छ । उनीहरु प्रतिष्ठानमा उपचारका लागि भदौं ९ गते आएका थिए । उनको दुई हप्ता अगाडी विराटनगर स्थित अस्पतालमा शल्यक्रिया समेत गरिएको थियो । त्यस पश्चात उनको पटक पटक मूत्रथैलीमा रगÞत जम्ने समस्या हुन थाले पछि प्रतिष्ठानको आकस्मीक कक्षमा ल्याइएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए ।

बिरामीलाई प्रतिष्ठान ल्याउँदा ७ घण्टा देखि पिसाब पूर्ण रूपमा बन्द भएको थियो र बिरामी धेरै दुखाइका कारण छटपटाइरहेका थिए । उनले भने, ‘बिरामी को जाँच गर्दा मूत्रथैलीमा रगत जमेको पाइयो र बिरामीको आकस्मिक शल्यक्रिया को तयारी भयो ।’
डा. सुधीर सिंह को नेतृत्वमा डा. आवाज काफ्ले र नर्सहरू शारदा शिवा र कविता सुब्बा को टोली ले पूर्ण सतर्कता अपनाएर शल्यक्रिया गरेको उनले बताए । शल्यक्रिया पछि कोरोना पोजिटिभ देखिएका बिरामीलाई कोभिड अस्पतालमा ट्रान्सफर गरि निगरानीमा राखेर ६ दिन उपचार गरिएको उनले बताए ।

संभावित कोरोना संक्रमण हुन सक्ने दूरदर्शिता, आवश्यक सतर्कता, साथै बिरामी को तुरुन्त आकस्मिक शल्यक्रिया गर्ने निर्णयका कारण बिरामीको मात्र जीवन रक्षा नभई बिरामीको आफन्त र संलग्न सबैको कल्याण भएको उनले बताए । वृद्धको शल्यक्रिया रुटिन ओटीमा नै भएको थियो । शल्यक्रिया पछि बिरामीमा कोरोना पोजिटिभ देखिए पछि ओटिलाई पुर्ण सेनिटाइज गरिएको उनले बताए । शल्यक्रियामा सहभागि चिकित्सक, नर्सहरु क्वारेन्टाइनमा राखिएको छ । बिरामीको रिपोर्ट पोजिटिभ आए पनि स्वास्थ्यकर्मीहरुको रिपोर्ट भने नेगेटिभ आएको छ । पुर्ण रुपमा आवश्यक सुरक्षा सामग्री सहित सर्तकता अपनाएर शल्यक्रिया गरिएकोले कुनै समस्या नआएको डा. सुधिर सिंहले बताए । पुर्ण सर्तकता अपनाएर काम गर्यो भने कुनै समस्या नआउने र बिरामीले पनि समयमै उपचार पाउने उनको भनाई छ ।

मिसेस स्टेट २०२५ का ...

धरान/ विवाहित महिलाहरुलाई लक्षित मिसेस स्टेट, कोशि प्रद ...

धरान र झापाबाट ब्राउ ...

विराटनगर/ धरान र झापा क्षेत्रबाट प्रहरीले लागू औषध ...

“एस.ई.ई. स्पिकर–२०८१ ...

धरान/ माध्यमिक शिक्षा परीक्षा (एस.ई.ई.) दिएर बसेका ...

धरान सहित कोशीमा जमि ...

सुनसरी/ कोशी प्रदेशको राजधानी विराटनगरमा जमिन भासि ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved