धरान । सुरक्षामा खटिएका नेपाली सेनामा पनि धरानमा कोरोना संक्रमण पुष्टि भएको छ । धरान १३ फुस्रेस्थित आर्मी क्याम्पमा रहेका १२ जना सैनिकहरुमा कोरोना संक्रमण पुष्टि भए सँगै धरानमा एकै दिन १९ जनामा कोरोना पुष्टि भएको छ ।
धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहेताका अनुसार गत शुक्रबार आर्मी क्याम्पका १४ जना सैनिकहरुको स्वाब परिक्षण गरिएको थियो । जस मध्ये १२ जनाको रिपोर्ट पोजिटिभ आएको छ ।
उनीहरुलाई मोरङको याङशिलामा रहेको सेनाको आइसोलेसनमा पठाउने तयारी भएको उनले बताए ।
आइतबार बिहान आएको रिपोर्टमा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने दिउँसो आएको रिपोर्टमा धरान १२ चतरालाइनकी ७६ बर्षकी वृद्धालाई पनि संक्रमण पुष्टि भएको थियो ।