कोरोना संक्रमितको लापरवाहीले एकै परिवारका दुई जनाको मृत्यु भए पछि वडानै सिल, वडावासी त्रसित

  • भदौ १४, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । एकै परिवारका दुई जनाको मृत्यु भए पछि धरान उपमहानगरपालिकाको वडा नम्बर १७ पुर्ण रुपमा सिल गरिएको छ । समुदाय स्तरमै फैलिएको कोरोनाले आइतबार बिहान धरान १७ का एकै परिवारका आमा र छोराको मृत्यु भएको थियो ।

एक हप्ता देखि कोरोनाको लक्षण देखिए पनि उनीहरु अस्पताल गएका थिएनन्, त्यसैले पनि धरान १७ पुर्ण रुपमा जोखम वडा बनेको छ । शनिबार आमा छोरालाई नै श्वासप्रश्वासमा समस्या देखिए पछि अस्पताल भर्ना भएका थिए । मृतक मध्ये ७४ वर्षीया महिला र ६० वर्षीय पुरुष छन ।

यो संगै धरानमा कोभिड १९ बाट मृत्यु हुनेको संख्या ५ पुगेको छ । आमामा मधुमेह र उच्च रक्तचापको थियो भने छोरामा कलेजको समस्या देखिएको थियो ।

आमा छोरो ४५ मिनेटको फरकमा धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारकै क्रममा मृत्यु भएको थियो । मृत्यु पश्चात उनीहरुको रिपोर्ट कोरोना पोजिटिभ देखिएको थियो । कोरोना संक्रमण देखिदा पनि परिवारले वेवास्ता गर्दा उनीहरुको मृत्यु भएको चिकित्सकको भनाई छ ।

एक साता सम्म कोरोनाको लक्षण देखिइदा पनि समुदायमै रहिरकेकाले वडावासी झन त्रसित बनेका छन् । वडा नम्बर १७ लाई सशस्त्र र जनपद प्रहरी परिचानल गर्दै पुर्ण रुपमा सिल गरिएको छ ।

थप कोरोना संक्रमण फैलिन नदिन वडालाई एक साताको लागि सिल गरिएको वडाअध्यक्ष मनोज भट्टराईले बताए । निर्णय कार्यान्वयन गराउनको लागि सशस्त्र र जनपद प्रहरी परिचालन गरिएको उनले बताए । एक सातासम्म कन्ट्याक ट्रेसिङ गर्ने र पहिलो, दोस्रो घेरालाई कतै पनि हिडडुल गर्न नदिने उनले बताए ।

समुदायमा कोरोना संक्रमण फैलिन थालेपछि धरानमा साउन २२ गतेदेखिको पुनः लडकाउन जारी छ । लकडाउन भए पछि पनि धरान उपमहानगरपालिकाले समुदायमा कोरोना परिक्षण अभियाननै चलाएको थियो । तर पनि धरान १७ मा एकै परिवारको मृत्यु भएको छ ।

धरान १७ मा फैलिएको कोरोनाको संक्रमणको स्रोत खुल्न सकेको छैन् । धरानमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या ५ पुगेको छ । सुनसरीको धरानमा मात्रै अहिले सम्म कोरोनाले मृत्यु भएका छन् ।

 

मिसेस स्टेट २०२५ का ...

धरान/ विवाहित महिलाहरुलाई लक्षित मिसेस स्टेट, कोशि प्रद ...

धरान र झापाबाट ब्राउ ...

विराटनगर/ धरान र झापा क्षेत्रबाट प्रहरीले लागू औषध ...

“एस.ई.ई. स्पिकर–२०८१ ...

धरान/ माध्यमिक शिक्षा परीक्षा (एस.ई.ई.) दिएर बसेका ...

धरान सहित कोशीमा जमि ...

सुनसरी/ कोशी प्रदेशको राजधानी विराटनगरमा जमिन भासि ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved